logo
२०८० चैत्र १६ शुक्रवार



भैंसीपालनलाई अनुदान त दिइयो तर बजार भएन, कृषक मर्कामा

अर्थ |
प्रदेश |


भैंसीपालनलाई अनुदान त दिइयो तर बजार भएन, कृषक मर्कामा
भेरी नगरपालिका १ कालेगाउँमा रहेको इन्द्रबहादुर वटालाको भैंसी फर्म


सहदेव बस्नेत
जाजरकोट, फागुन १४ गते । आफूहरुले गरेको भैंसीपालन व्यवसायवाट उत्पादित दूधले बजार नपाउँदा यहाँका कृषक चिन्तित भएका छन । उत्पादित दूधले बजार नपाउँदका यस व्यवसायमा लागेका युवा व्यवसायी निराश हुन थालेका छन् ।
भेरी नगरपालिका – २ राङ्सीका मक्कर नेपाली आफूले उत्पादन गरेको दूधले बजार नपाएको र यसको अन्य परिकार बनाउने सीप र ज्ञान नहुँदा यो व्यवसाय छोड्ने सोचाइमा पुगेको बताउनुहुन्छ । एक वर्ष अगाडि दुग्ध व्यवसाय प्रवर्धन कार्यक्रम अन्तरगत शुरु गरेको यस व्यवसायवाट उहाँको दैनिक २० लिटर उत्पादन हुने गरेको छ । तर सदरमुकाम खलंगा टाढा रहेको र नजिकका बजारमा खपत नहुँदा दूधबाट घिउ बनाउँदा निकै घाटा लाग्ने नेपालीको गुनासो छ ।
त्यस्तै भेरी नगरपालिका–१ कालेगाउँका तुलसी बस्नेत आफूले उत्पादन गरेको दूधले बजार नपाउँदा यस व्यवसायप्रति नै वितृष्ण आएको बताउनुहुन्छ । दैनिक रुपमा यस व्यवसायमा लगानी भइरहेको तर उत्पादन भएको दूधको बजारको लागि कसैले पहल नगरेको उहाँको आरोप छ ।
सोही गाउँका इन्द्रबहादुर बटाला पनि आफूले उत्पादित दूधले सहजरुपमा बजार नपाउँदा सवैको घरघरमा गएर विक्री गर्न बाध्य भएको बताउनु हुन्छ । सरकारले भैंसीपालन व्यवसायको लागि अनुदानको व्यवस्था गरे तापनि बजार व्यवस्थामा ध्यान नदिँदा आफू जस्ता व्यवसायी मर्कामा परेको बटालाको भनाइ छ ।
पशु अस्पताल तथा पशु विकास कार्यालय जाजरकोटका प्रमुख जरबहादुर भक्री कृषकले उत्पादन गरेको दूध खपतको लागि डेरीको व्यवस्था गर्न लागिएको बताउनुहुन्छ । डेरीको लागि कस्तुरी सहकारी संस्थालाई कार्यक्रम स्वीकृत भइसकेकाले छिट्टै सञ्चालनमा आउने उहाँको भनाइ छ ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?