logo
२०८१ बैशाख १३ बिहीवार



पहिलो पारीमा इंग्ल्याण्ड ११२ रनमा समेटियो

खेलकुद |


पहिलो पारीमा इंग्ल्याण्ड ११२ रनमा समेटियो
तस्विर-बीसीसीआई


गोरखापत्र अनलाइन
काठमाडौं, फाल्गुन १३ गते । भारतविरुद्धको तेस्रो टेष्ट खेलको पहिलो पारीमा इंग्ल्याण्ड ११२ रनको सामान्य योगफलमा समेटिएको छ । पहिलो दिनको खेल सकिदासम्म पहिलो पारीको सुरुवात गरेको भारत इंग्ल्याण्डभन्दा १३ रनले पछाडि परेको छ । इंग्ल्याण्ड र भारतबीचको तेस्रो टेष्ट दिवा रात्री खेलाइँदैछ ।
भारतले दिनको खेल सकिदासम्म तीन विकेटको क्षतिमा ९९ रन जोडेको छ । रोहित शर्मा ५७ र अजिन्क्यै रहाने एक रनको ब्यक्तिगत् योगफलबाट दोस्रो दिनको खेल अगाडि बढाउनुहुनेछ । ३३ रनमै ओपनर शुभमन गिलको रुपमा पहिलो विकेट गुमाएको भारतले चेतेश्वर पूजारा र विराट कोहलीलाई समेत दिनको खेल सकिन लाग्दा गुमाउन पुग्यो । गिलले ११ र कोहलीले २७ रनको योगदान दिनुभयो । पूजारा भने डक आउट हुनुभयो । इंग्ल्याण्डका लागि ज्याक लिचले दुई र जोफ्रा आर्चरले एक विकेट लिनुभयो ।
त्यसअघि, अहमदाबादमा टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको पाहुना टोली इंग्ल्याण्डले कमजोर सुरुवात गर्दै २७ रनमै दुई विकेट गुमाउन पुग्यो । ओपनर ज्याक क्रोलीले जोइ रुटसँग तेस्रो विकेटका लागि ४८ रनको साझेदारी गर्नुभयो । ७४ रनमा जोइ रुटको रुपमा तेस्रो विकेट गुमाएको इंग्ल्याण्डले थप ३८ रन जोड्न सात विकेट गुमाउन पुग्दा मात्र ४८ ओभर चार बलमा ११२ रनमा समेटिन पुग्यो । क्रोलीले सर्वाधिक ५३ रनको योगदान दिनुभयो । जोइ रुटले १७, बेन्न फोक्सले १२ र जोफ्रा आर्चरले ११ रन बनाउनु अतिरिक्त उसको पारीका छ जना ब्याट्सम्यानले दोहोराे योगफल छुन सकेनन् ।
भारतका लागि स्पिनर अक्षर पटेलले सर्वाधिक छ विकेट लिनुभयो । अर्का स्पिनर रबिचन्द्रन आश्विनले तीन र इशान्त शर्माले एक विकेट लिनुभयो । इशान्त शर्माले आफ्नो टेष्ट क्रिकेट जिवनको १०० औं टेष्टको पहिलो पारीमा मात्र एक विकेट लिएर चित्त बुझाउनुपर्यो ।
चार म्याचको टेष्ट श्रृखंला १–१ को बराबरीमा छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?