logo
२०८० चैत्र १५ बिहीवार



मेयर कप क्रिकेटमा चार विभागीयसहित पाँच टोली मात्रै सहभागी हुने

खेलकुद |


मेयर कप क्रिकेटमा चार विभागीयसहित पाँच टोली मात्रै सहभागी हुने
तस्विर-क्यान


गोरखापत्र अनलाइन
काठमाडौं, फाल्गुन १३ गते । काठमाडौं मेयर कप क्रिकेट प्रतियोगिता २०७७ फाल्गुन २२ गतेबाट हुने भएको छ । नेपाल क्रिकेट संघले सञ्चालन गर्ने प्रतियोगिताका सबै खेल मूलपानी क्रिकेट मैदान र त्रिवि क्रिकेट मैदानमा हुनेछ ।
संघका सचिव अशोकनाथ प्याकुरेलका अनुसार मेयर कप क्रिकेटमा प्रधानमन्त्री कप क्रिकेटमा सेमीफाइनलसम्म पुगेको चार टोली र काठमाडौं महानगरपालिकाको टोली रहनेछ । प्रधानमन्त्री कप क्रिकेटको सेमीफाइनलमा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी क्लब र बागमती प्रदेश पुगेको थियो । यी चारवटै टोली मेयर कप क्रिकेटमा स्वतः छनोट भएको छ । काठमाडौं महानगरपालिकाको पाँचौं टोलीमा छ वटा प्रदेशका खेलाडी हुनेछन् । प्रधानमन्त्री कप क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेका छ वटै प्रदेशका खेलाडीलाई छनोट गरी महानगर टोलीको घोषणा गरिनेछ ।
प्रतियोगिता फाल्गुन २२ गते सुरु भई २९ गते सम्पन्न हुनेछ । लिग चरणमा उत्कृष्ट हुने दुई टोली फाइनल खेल्नेछन् । काठमाडौं महानगरपालिकाले मेयर कप क्रिकेटका लागि बजेट ब्यवस्थापन गर्नेछ । प्रतियोगिताका लागि महानगरले यसअघि नै नेपाल क्रिकेट संघलाई पचास लाख रुपियाँ प्रदान गर्ने सहमति भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?