logo
२०७७ फाल्गुन १८ मंगलवार

डिजिटल नेपाल फ्रेमवर्क’ मुलुकको रुपान्तरणकारी कार्ययोजना : सञ्चारमन्त्री गुरूङ

राष्ट्रिय |


2021-01-25-30828


गोरखापत्र समाचारदाता
काठमाडौँ, माघ १२ गते । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले ‘डिजिटल नेपाल फ्रेमवर्क’ मुलुकको रुपान्तरणकारी कार्ययोजना भएको बताउनुभएको छ ।
मन्त्री गुरुङले यस कार्ययोजनालाई सफल बनाउन दृढतापूर्वक सरकार लागेकाले यसलाई सहयोग गर्न सरोकारवाला निकायलाई आग्रह गर्नुभयो ।
प्रवक्ता गुरुङले डिजिटल नेपाल फ्रेमवर्कसँग सम्बन्धित सरोकारवाला निकाय र सरकारबीच सहकार्य आवश्यक रहेको समेत स्पष्ट पार्नु भयो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा सोमबार मन्त्रालयमा आयोजित डिजिटल नेपाल फ्रेमवर्क सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उहाँले सूचना र प्रविधि क्षेत्रको विकासका लागि अन्तर्राष्ट्रिय स्तरको ‘सूचना प्रविधि लगानी सम्मेलन’ आयोजना गर्ने तयारी गरिरहेको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “सूचना प्रविधिको क्षेत्रमा समेत अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्नुपर्ने अवस्था छ । त्यसका लागि प्रविधि सम्मेलनको अवधारणा अगाडि सारेका छौं ।”
उहाँले ‘एप’ सार्वजनिक गर्ने नाममा बजेट मात्रै खर्च गर्ने पक्षमा सरकार नरहेको चर्चा गर्नुहुँदै यसको उपादेयताबारे पनि स्पष्ट हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले विज्ञहरुको राय, सुझावलाई ग्रहण गरेर सूचना प्रविधिको विकासको कामलाई तीव्रता दिन मन्त्रालयले विज्ञहरुको ‘रोष्टर’ बनाउने कार्यलाई अन्तिम चरणमा पुु¥याएको पनि स्मरण गर्नुभयो ।
कार्यक्रममा मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले डिजिटल नेपाल फ्रेमवर्कको कार्यान्वयको कामलाई प्रभावकारी बनाउन सरोकारवाला निकायसँग सहकार्य गरेर अघि बढन मन्त्रालय तयार रहेको बताउनु भयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

national-life-insurance