logo
२०८१ बैशाख ८ शनिवार



बाँदरेमोडमा बोलेरो र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

खुला |


बाँदरेमोडमा बोलेरो र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु



धादिङ, माघ १२ गते । बेनीघाट रोराङ गाउँपालिका–५ स्थित पृथ्वी राजमार्गको बाँदरेमोडमा बोलेरो र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।    
    
चितवनबाट काठमाडौँतर्फ आउँदै गरेको प्रदेश ०–३–०–१००३ क ५३२५ नम्बरको बोलेरो र विपरीत दिशाबाट मुग्लिङतर्फ जाँदै गरेको बा८४प १५७१ नम्बरको मोटरसाइकल दिउँसो ३ः०० बजे एकापसमा ठोक्किएर दुर्घटना भएको थियो ।    
    
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार काठमाडौँ गुर्जुधारा निवासी पुजन खड्काको मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो । घटनापछि बुलेरो चालकलाई प्रहरीले पक्राउ गरेको छ ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?