logo
२०८० चैत्र १६ शुक्रवार



निर्णायक टेष्टको पहिलो पारीमा अष्ट्रेलिया बलियो स्थितिमा

खेलकुद |


निर्णायक टेष्टको पहिलो पारीमा अष्ट्रेलिया बलियो स्थितिमा
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, माघ ३ गते । भारत र अष्ट्रेलियाबीचको चौथो, अन्तिम तथा निर्णायक टेष्टको दोस्रो दिनको खेल वर्षाले प्रभाबित भएको छ । दोस्रो दिनको खेल वर्षाले प्रभाबित भई स्थगित हुनुअघि भारतले पहिलो पारीमा दुई विकेटको क्षतिमा ६२ रन बनाएको छ ।
ओपनरद्वय रोहित शर्मा र मयन्क अग्रवाल पेभेलियन फर्किसकेका छन् । शर्मा ४४ रन बनाएर पेभेलियन फर्किनुभयो । भारत पहिलो पारीमा अझै ३०७ रनले पछाडि परेको छ । तेस्रो दिनको खेल चेतेश्वर पूजाराले आठ तथा अजिन्क्यै रहानेले दुई रन बनाएर अगाडि बढाउनेछन् । अष्ट्रेलियाका लागि नाथन लियोनले एक तथा प्याट्ट क्युमिन्सले एक विकेट लिनुभयो ।
त्यसअघि ब्रिसबेनमा टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको अष्ट्रेलियाले मार्नस लबुस्नेको शतकीय पारीमा औसत योगफलसम्म पुग्न सफल भयो । १७ रनमै दुई विकेट गुमाएर कमजोर सुरुवात गरेको अष्ट्रेलियाका लागि मार्नस लबुस्नेले १०८ रन बनाएर स्थिरता प्रदान गर्नुभयो । मध्यक्रममा स्टिभ स्मिथले ३६, म्याथ्यु वाडेले ४५, क्यामरुन ग्रीनले ४७ तथा कप्तान टिम पैनले अद्र्धशतकीय पारी खेल्नुभयो ।
भारतका लागि टी नटराजन, श्रद्धुल ठाकुर र वाशिंगटन सुन्दरले सामान तीन तीन तथा मोहम्मद सिराजले एक विकेट लिनुभयो । चार म्याचको टेष्ट श्रृखंला १–१ को बराबरीको स्थितिमा रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?