logo
२०८० चैत्र १६ शुक्रवार

माघे सक्रान्ति नजिकियो, टोखामा बन्न थाल्यो चाकु

समाज |
फोटो फिचर |


2021-01-04-29625


गोरखापत्र अनलाइन
काठमाडौँ, पुस २० गते । माघको पहिलो दिन अर्थात माघे सक्रान्तिका विशेष रूपमा घ्यू, चाकु र तिलको लड्डु खाएर मनाइन्छ । राजधानीमा आउने चाकुमा टोखाको चाकु निकै प्रख्यात छ । टोखाको प्रसिद्ध चाकुले माघे सङ्क्रान्तिमा विशेष महत्व राख्ने गरेको छ । चाकुसँग घ्यू, तिलको लड्डुसँगै अनेक परिकार बनाएर खाने प्रचलन छ ।


चाकु खाँदा शरीरमा धेरै फाइदा हुनुका साथै रोगसँग लड्न सक्ने क्षमता विकास हुने र बालबालिकादेखि बूढाबूढीलाई जाडो महिनामा चाकु खुवाउनुपर्ने विज्ञको भनाइ छ ।
बालबालिकालाई चिनीको साटो चाकु वा सक्खर दिन सके धेरै राम्रो हुने जाडो सुरु भएदेखि नै बालबालिकालाई दैनिक रूपमा चाकु खुवाउनुपर्ने सुझाव विज्ञको छ ।
यसरी बन्छ चाकु
कसौँडी आकारको तामाको भाँडामा सक्खर–पानी उमाल्ने र बाक्लो भएपछि त्यसलाई भाँडोमा खन्याउने । चिसो हुन थालेपछि ढुङ्गाले कुट्नुपर्छ । त्यसपछि यो दह्रो भएर चाकुजस्तै आकारमा आइसकेको हुन्छ । त्यसपछि एउटा खम्बामा झुन्ड्याइएको किलामा अड्याएर धेरै पटक तानिन्छ ।

तस्बिरहरू : सुजन गुरूङ/मनाेजरत्न शाही