logo
२०८१ बैशाख ८ शनिवार

यःमरी पूर्णिमाको तयारी गरिदै (फोटो फिचर)

समाज |
फोटो फिचर |


2020-12-29-29280
तस्बिर: सुजन गुरूङ्ग


गोरखापत्र समाचारदाता
काठमाडौँ, पुस १४ गते । नेवार समुदायमा यःमरी पुर्णिमा बुधबार घर घरमा नै धुमधाम सँग मनाइँदै छ । विहानदेखि नै पूजा गरी यःमरी (मनपर्ने रोटी) पकाएर भोज खाएर मनाइने छ ।
कोरोना भाइरस सङ्क्रमण (कोभिड–१९) यो वर्ष ज्यापु समुदायले सार्वजनिक उत्सव नगरी यःमरी पुन्ही मनाउँने भएका छन् । ज्यापु समाज पाटनका अध्यक्ष चन्द्र महर्जनका अनुसार ४० टोलका ज्यापु समुदायले यःमरी तयार गर्ने तर सभा ¥याली आयोजना नगर्ने भएको छ । परम्परा अनुसार गुठीले गर्नुपर्ने पूजा घरघरै सम्पन्न गरेर यो पर्व मनाइँदै छ ।
उपत्यकामा पनि योपल्ट सभा तथा नगर परिक्रमा हुँदैन । ज्यापु दिवसपनि रहेको सो दिन विगतमा जसो भीडभाड जन्य कार्यक्रम समाजले राखेको छैन । ज्यापु समाज काठमाडौँ नगर कमिटी कोषका संयोजक शान्तराज महर्जनका अनुसार टोलका वाद्य गुरु, संयोजक र समाजका स्थानीय अध्यक्षवीच मात्र भेटघाट हुन्छ । तर सामुहिक रुपमा जम्मा भने हुँदैनन । उहाँले यःमरी माग्ने चलन भए पनि यो वर्ष नगर्ने जानकारी दिनुभयो ।

तस्बिर ः सुजन गुरूङ