logo
२०८० चैत्र १५ बिहीवार

निषेधाज्ञा तोडेर भूत मेला हेर्न हजारौंको भीड

समाज |
फोटो फिचर |


2020-11-30-27439


सन्तोष सुवेदी
सिराहा, मङ्सिर १५ गते । सदा झैं यस वर्षको कात्तिक शुक्ल पूर्णिमाको दिन सिराहा र धनुषा जिल्ला छुुट्याउने कमला नदीको किनारमा अनौठो तथा भव्य तन्त्र मेला लागेको छ ।
कात्तिक शुक्ल पुुर्णिमाको दिन कमला नदीमा स्नान गरेपछि तान्त्रिक विद्या सिद्ध हुने जनविश्वासका साथ प्रत्येक वर्ष जस्तै पूर्णिमाको तिथिमा आजको दिनमा तन्त्र मेला लागेको हो । यो मेलालाई स्थानीय स्तरमा भुत मेला भनेर पनि चिनिने गरिन्छ । मेलाको अवसरमा सिराहा, धनुषा, महोत्तरी, सप्तरी, उदयपुर र सीमावर्ती भारतको मधुवनी, दरभङ्गा, समस्तीपुर लगायत जिल्लाका लाखांै मानिस सिरहा र धनुषाको सीमामा रहेको कमला नदीमा स्नान गर्ने गर्दछन् ।
धामी झाक्री बन्ने विश्वासका साथ देउता खैल्दै कमला नदीमा स्नान गरेपछि तन्त्रयोग पाको भई कमलेश्वरी देवीले तन्त्र विद्याको वरदान दिने विश्वास छ । भूत मेलामा स्नान गरेपछि घर आउने बेलामा भक्तजनहरूले कमला नदी र गङ्गासागरको शुद्ध पानी आ–आफ्नो घर लैजाने गर्छन् । मुल धामीले मन्त्र सिद्धि गरिदिएपछि धामी बन्ने प्रक्रिया पुरा हुन्छ । तन्त्रशास्त्रका अनुसार तन्त्र सिद्धिको लागि यस दिन पूर्णाहुती दिने चलन छ । मिथिलामा सदियौंदेखि तन्त्र विधामा सर्वसाधारणको विश्वास रहेको छ ।
स्नानको समयमा मूल धामीहरुले लोक भाकामा गीत गाउने गर्छन् । जसलाई स्थानीय भाषामा ‘महराई’ भन्ने गरिएको छ । आफनो गाउँमा धामीहरुलाई डो¥याएर कमला र गङ्गासागर स्नान गर्न ल्याएका सिराहाका धामी रामप्रसाद यादव शरीरमा देउता चढ्नेहरुलाई यहाँ ल्याउने गरिएको बताउनुहुन्छ ।
तराईमा मन्त्र सिकाउने धामीलाई ‘भगता’ भन्ने गरिन्छ । तन्त्रविद्या सिक्न नचाहनेहरुले पनि यस दिनमा कमलामा स्नान गरेर ‘भगता’ सँग आशीष थापे आफ्नो सम्पूर्ण दुख नाश हुने विश्वासका कारण पनि यहाँ यस दिनमा ठूलो मेला लाग्ने गरेको छ ।
जिल्ला प्रशासन कार्यालय सिरहाले कात्तिक पूर्णिमाको दिनमा तन्त्र मेलामा भीडभाड हुने भएकोले कमला नदाीलाई निषेधित क्षेत्र घोषणा गरे पनि गाउँ गाउँबाट समूह समूहमा देउता खेल्दै कमलामा पुग्ने भीडका कारण स्थानीय प्रशासनको निषेधाज्ञा कार्यान्वयन हुन सकेन । मुख्यतः ग्रामीण भेगका परम्परागत रुढिवादी अन्धविश्वासका कारण निषेधाज्ञाको बावजुद कमला नदीमा टुनामुनामा विश्वास गर्ने महिला पुरुषहरुको जमघट ठूलो संख्यामा लागेको छ ।