logo
२०८१ बैशाख १४ शुक्रवार

काेराेना कहरमा कात्तिक नाच

समाज |
फोटो फिचर |


2020-11-28-27308
तस्बिर सुजन गुरूङ्ग 


यलु जोशी
काठमाडौं, मङ्सिर १३ गते । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको महामारीका कारण यस वर्षको कात्तिक नाचमा शुक्रवार बराह अवतार देखाएर सुरु गरिएको छ ।
ऐतिहासिक महोत्व बोकेको कात्तिक नाच पाटनको कृष्ण मन्दिरको डवलीमा उच्च सुरक्षाका तथा सिल गरि प्रदर्शन गरिएको हो । कार्तिक नाचअन्तर्गत भगवान् विष्णुको तेस्रो अवतार वराहको नाच प्रदर्शन गरेको हो । वराह नाचअन्तर्गत भगवान् विष्णुले हिरण्याक्षको वध गर्न वराहको अवतार लिनुभएको कथा छ ।


कोरोना महामारीका दुई दिनमा सिमित पारिएको पाटनको प्रसिद्ध ’कार्तिक नाच’ बेलुकी ६ बजेबाट सुरु भएको कात्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकारले जानकारी दिनुभयो ।
यसपालि प्रसिद्ध नृसिंह अवतार र वराह अवतार नृत्य मात्र देखाइने भएको छ उहाँले भन्नुभयो, विगतका वर्षहरुमा बाक्लो दर्शकमाझ प्रदर्शन हुने यो नाच यसपालि बिना दर्शक देखाइने छ । १८ देखि ६० वर्ष उमेरसम्मका कलाकारहरूले मात्रै नाचमा सहभागि भएको छ ।
चित्रकारले १८ वर्ष मुनिका र ६० वर्ष माथिका कलाकारलाई नाचमा सहभागि गराइँदा कोरोना जोखिम उच्च हुने भएकाले उमेर समूह तोकिएको बताउनुभयो ।
हरेक वर्ष कात्तिक शुक्ल पष्ठीको दिनदेखि पाटनको कृष्ण मन्दिरमा छेउको डवलीमा रातमा देखाइने कार्तिक नाच अन्तिम दुइ दिनमात्र प्रहसन गरिने उहाँले जानकारी दिनुभयो ।
लोकको चरित्र उदाङगो पार्न देखाइने कात्तिक नाच ललितपुरका तत्कालीन राजा श्रीनिवास मल्लको संसारलाई ब्युँझाउनका लािग देखाउन लगाएको बाथः प्रहसन हो ।
३७९ वर्षदेखि अविछिन्न रुपमा चल्दै आएको कात्तिक नाच मल्लकालमा एक महिनासम्म मनाउने भए पनि पछिल्लो समयदेखि यो नाच कात्तिक शुक्ल षष्ठीदेखि त्रयोदशीसम्म (१२ दिन) छोट्याएर देखाइँदै आइएको छ । त्यस अवधिमा कृष्णलिला, शास्त्रीय नाच, लोक नाटक, उषाहरण लिला, जलशयन, बराह अवतार, नृसिंह अवतार, वस्त्रहरण, दधिलिला लगायतका नाचहरू देखाउने गरिएको छ ।

तस्बिर : सुजन गुरूङ