logo
२०८० चैत्र १६ शुक्रवार



नेपाल र अस्ट्रेलियामा ‘हेरिटेज अफ फेसन नेपाल’ हुने

मनोरञ्जन |


नेपाल र अस्ट्रेलियामा ‘हेरिटेज अफ फेसन नेपाल’ हुने


गोरखापत्र अनलाइन
काठमाडौं, मङ्सिर १२ गते । ‘हेरिटेज अफ फेसन नेपाल’को दोस्रो संस्करण आयोजना हुने भएको छ । असाप इन्टरटेनमेन्टले यहि चैत दुई गते (मार्च १५) मा नेपाल र अस्ट्रेलियामा एकसाथ उक्त फेसन कार्यक्रम गर्न लागेको हो । निर्माता सन्तोष अधिकारीको आयोजनामा हुने सो फेसन कार्यक्रममा नेपाली तथा विदेशी मोडलहरुको सहभागीता रहने जनाइएको छ ।

कोरोना महामारीलेले विश्व नै आक्रान्त बनिरहेको बेलामा नेपाली कला र संस्कृतिको विकास र प्रवद्र्धनका लागि कार्यक्रम आयोजना गर्न लागिएको निर्माता अधिकारीले जानकारी दिनुभयो । गतबर्षबाट सुरु भएको यो कार्यक्रम पोखरा र अष्ट्रेलियामा आयोजना गरिएको थियो । यो बर्ष दुबई र यूरोपमा पनि फेसन शोको आयोजना गर्ने तयारी रहको उहाँले प्रष्ट पार्नुभयो ।

पहिलो संस्करणमा फेसन आइकन तथा कलाकार प्रशान्त ताम्राकार, गायक धिरज राई, गायिका प्राप्ति तुलाचन सहभागिता रहेको थियो । निर्माता अधिकारीले गत वर्षको सर्वाधिक चलचित्र आमा पनि निर्माण गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?