logo
२०८० चैत्र १५ बिहीवार

  नेकपाका दुई अध्यक्षबीच भेट  



कर्णाली प्रदेशमा अविश्वासकाे प्रस्ताव लगायत सबै निर्णय बदर गर्ने सहमति

मुख्य समाचार |


कर्णाली प्रदेशमा अविश्वासकाे प्रस्ताव लगायत सबै निर्णय बदर गर्ने सहमति


गोरखापत्र अनलाइन
काठमाडौं, कार्तिक ४ गते । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'बीच कर्णाली प्रदेशमा नेकपाका संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहलाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गर्नुभएकाे हटाउने निर्णय बदर गर्ने सहमति भएको छ ।

आज बिहान दुई अध्यक्षबीचको भेटमा सो सहमति भएको प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । 

त्यस्तै, प्रमुख सचेतकमा नियुक्त सीता नेपालीको निर्णय बदर गरी पूर्ववत् रूपमा सचेतकमा कायम गर्ने तथा मुख्यमन्त्रीविरूद्द दर्ता भएको अविश्वास प्रस्ताव फिर्ता लिने र अन्य विषयमा सल्लाह र समझदारीका साथ आवश्यक निर्णय लिने सहमति भएको थापाले जानकारी गराउनुभयो ।

यसैबीचअध्यक्ष प्रचण्डका प्रेस संयोजक  बिष्णुप्रसाद  सापकोटा ‘जुगल’ ले नेआज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा कर्णाली प्रदेशको बिषयमा छलफल भएको र 
छलफलमा अविश्वासको प्रस्ताव फिर्ता लिने वा खारेज गर्ने र प्रमुख सचेतक सम्बन्धी बिषय पनि प्रदेश पार्टी कमिटी र प्रदेश सरकारले नै समाधान गर्न सुझाव दिने समझदारी भएको हो जनाउनु भएको छ । 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?