logo
२०८० चैत्र १५ बिहीवार



पश्चिम नेपालमै पहिलो पटक बाँकेको खजुरामा हाईब्रिड धानको वीउ उत्पादन

अर्थ |
समाज |


पश्चिम नेपालमै पहिलो पटक बाँकेको खजुरामा हाईब्रिड धानको वीउ उत्पादन
बाँकेको खजुरामा पहिलो पटक रोपिएको हाईब्रिड धानको वीउ । तस्बिर - सिराज खान । नेपालगञ्ज



सिराज खान
नेपालगञ्ज, कात्तिक २ गते । पश्चिम नेपालमै पहिलो पटक बाँकेको खजुरामा हाईब्रिड धानको वीउ उत्पादन शुरु गरिएको कृषि अनुसन्धान निर्देशनालय लुम्बिनी प्रदेश खजुराले जनाएको छ ।
यसअघिसम्म भारतबाट आउने बीउमा निर्भर रहेका बाँके र बर्दियालगायत पश्चिम नेपालका किसानले आगामी वर्षबाट नेपालमै उत्पादन भएको वीउबाट खेती गर्न पाउने कृषि अनुसन्धान निर्देशनालय खजुराका निर्देशक जनमेजय त्रिपाठीले बताउनुभयो ।
उहाँले रााष्ट्रिय धान बाली अनुसन्धान कार्यक्रमले खजुरामा हर्दिनाथ हाइब्रिड–१ ‘एच एच १’ र हर्दिनाथ हाइब्रिड–२ ‘एच एच २’ नामको हाईब्रिड धानको बीउ पहिलो पटक उत्पादन गरेको बताउनुभयो । यी दुबै हाईब्रिड धानको २ हेक्टर जमिनमा २ टन उत्पादन गर्ने लक्ष्यसहित उत्पादन शुरु गरीएको छ ।
निर्देशक त्रिपाठीका अनुसार १२२ दिनमा पाक्ने हर्दिनाथ हाईब्रिड १ धान प्रतिहेक्टर ७.५ टन उत्पादन क्षमता रहेको छ भने ११५ दिनमा पाक्ने हर्दिनाथ हाईब्रिड २ धानको उत्पादन क्षमता प्रतिहेक्टर ८ टन रहेको छ ।
भारतीय हाईब्रिड धानको बीउप्रति कृषकहरु आकर्षक भईरहँदा नक्कली बीउमा ठगिने गरेको पाईएकोले नेपालमै हाईब्रिड धानको विकास गरी उत्पादन शुरु गरेपछि उत्पादन बृद्धि हुनका साथै गुणस्तरीय बीउ पाइने कृषि अनुसन्धान निर्देशनालय खजुरास्थित बाली प्रजनन् एकाइका प्राविधिक अधिकृत सुमन बोहोराले बताउनुभयो ।
उहाँले लामो समयको परीक्षणपछि हाइब्रिड धानमा पाएको सफलतासंगै देशका विभिन्न स्थानमा कृषि अनुसन्धान निर्देशनालयले बीउ उत्पादन शुरु गरेको पनि बताउनुभयो ।
प्राविधिक अधिकृत बोहोराका अनुसार बीउ उत्पादन गर्दा आठवटा लाईन पोथी र बीच बीचमा दुईवटा लाइन भालेलाई राखेर क्रस गरी निस्केको बच्चा बिरुवाको रुपमा हर्दिनाथ हाईब्रिडको नयाँ बीउ उत्पादन गरिएको छ ।
उहाँले रोपिएको वीउ आगामी मंसिरमा तयार हुने र फागुन चैतमा किसानलाई वितरण गरिने बताउनुभयो । धान उत्पादन राम्रो भएमा आगामी वर्षमा वीउ उत्पादन बृद्धि गर्र्दै लैजाने योजना रााष्ट्रिय धान बाली अनुसन्धान कार्यक्रमको छ ।
निर्देशनालयका बाली बैज्ञानिक रामदास चौधरीका अनुसार स्थानीय बजारमा उन्नत जातका धानको बीउ नपाएका कारण किसानहरु भारतीय बीउप्रति निर्भर हुनुपरेको थियो । गुणस्तर परीक्षण बिना भारतबाट जथाभावी ल्याईने बीउले बेला बेलामा कृषकहरु ठगिने गरेका थिए ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?