logo
२०८१ बैशाख ८ शनिवार



मन्दिरमै भीड, बजारमै भीड (फोटो फिचर)

समाज |


मन्दिरमै भीड, बजारमै भीड (फोटो फिचर)


गोरखापत्र अनलाइन
काठमाडौं, कात्तिक १ गते । गृह मन्त्रालयले हिजो सबै जिल्लामा पत्राचार गरी मठमन्दिर तथा शक्तिपीठहरुमा नित्यपूजा बाहेक अन्य भीडभाड हुने गरी पूजाआजा गर्न रोक लगाए पनि राजधानीको केन्द्रमा रहेको भद्रकाली मन्दिरमा आज बिहानै निकै भीड लाग्यो ।
दसैँ नेपालीको महत्वपूर्ण चाड हो । वर्षदिनको दुःख भुलेर मन खोलेर रमाइलो गर्ने चाड भए पनि यो वर्ष कोरानाका कारण भीडभाड हुने स्थान वा भीडभाड हुने कार्य नगर्न सरकार तथा जनस्वास्थ्यविदहरुले भनिरहे पनि पसल बजारमा पनि मानिसको त्यतिकै भीड देखिएको छ ।
हाम्रा फोटोपत्रकार सागर बस्नेले भद्रकाली मन्दिरमा देखिएको भीड र सुजन गुरुङले असन इन्द्रचोक क्षेत्रमा देखिएको भीडभाडका दृश्यलाइ क्यामेरामा कैद गर्नुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?