logo
२०८० चैत्र १५ बिहीवार



नेपाली सेनाका प्रधानसेनापतिको पीसीआर रिपोर्ट निगेटिभ

राष्ट्रिय |


नेपाली सेनाका प्रधानसेनापतिको पीसीआर रिपोर्ट निगेटिभ


गोरखापत्र अनलाइन
काठमाडौं, असोज १४ गते । नेपाली सेनाका प्रधानसेनापति पुर्णचन्द्र थापामा कोरोना सङ्क्रमणको परीक्षण रिपोर्ट निगेटिभ आएको छ । कोरोना सङ्क्रमितको सम्पर्कमा आएर सेल्फ क्वारेन्टिनमा बस्नुभएका प्रधानसेनापति थापाको परीक्षण रिपोर्ट निगेटिभ आएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार प्रधानसेनापति निवासको भान्छामा कार्यरत एकजना सदस्यमा कोरोना सङ्क्रमणको पुष्टि भएपछि उहाँ शनिबारदेखि सेल्फ क्वारेन्टिनमा बस्नुभएको थियो । प्रधानसेनापति थापा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको निर्देशिका बमोजिम स्वास्थ्य सजगता अपनाउनुभएको थियो । उहाँ सेल्फ क्वारेन्टिनमा बसेको तीन दिनपछि स्वाब परीक्षण गराउनुभएको हो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?