logo
२०८० चैत्र १६ शुक्रवार



खुकुरी प्रहारबाट एक महिलाको मृत्यु, एक गम्भीर घाइते, तीन जना पक्राउ

खुला |


खुकुरी प्रहारबाट एक महिलाको मृत्यु, एक गम्भीर घाइते, तीन जना पक्राउ


कृष्ण तिवारी
रौतहट, असोज १० गते । रौतहटमा शुक्रवार राति एक दम्पतीमाथी संघातिक आक्रमण भएको छ । जिल्लाको देवाही गोनाही नगरपालिका ५ टिकुलीयाका महेश तिवारीको दम्पतीमाथि आक्रमण गरिएको छ ।
स्थानीय बली मुखिया विनसहित चार जनाको समूहले टिकुलीयाका महेश तिवारी र उनकी श्रीमति जगरानी देवी तिवारीमाथि धारिलो हतियार खुकुरी प्रहार गरेको छ ।
शुक्रवार राति करिव ९ बजेको समयमा उक्त समूहले खुकुरी र खुँडाले अन्धाधुन्ध प्रहार गर्दा महेशकी श्रीमति जगरामी देवीको मृत्यु भएको छ ।
तिवारी दम्पतीमाथि संघातिक आक्रमण गर्नेमध्येका स्थानीय बली मुखियासहित तीन जनालाई पक्राउ गरिएको रौतहटका प्रहरी उपरीक्षक सिद्धीविक्रम शाहाले जानकारी दिनुभएको छ ।
हत्यामा संलग्न रहेको आरोपमा पक्राउ पर्नेहरुमा स्थानीय बली मुखिया, ओकिन्द्र मुखिया र अच्छेलाल मुखिया रहेको प्रहरी उपरीक्षक साहले बताउनुभयो ।
आक्रमणमा परेर महेश तिवारी गम्भीर घाइते भएका छन । तिवारीको गम्भीर अवस्थामा वीरगञ्जस्थित एलएस न्युरो अस्पतामा उपचार भईरहेको छ ।
शुक्रवार राति खाना खाएर आफनै घर अगाडि सडकमा बसिरहेका दम्पतीलाई देवाही गोनाही–५ का प्रदिप मुखिया, सोनालाल मुखिया र बलि मुखियासहित चार जना मिलेर आक्रमण गरेका थिए । प्रदिप र सोनालाल दाजुभाई हुन् ।
घटनामा संलग्न प्रदिप मुखिया, सोनालाल मुखिया, रामएकवाल मुखिया, कृष्ण मुखिया र चुनचुन मुखिया फरार रहेको तथा उनिहरुको खोजी कार्य भइरहेको प्रहरी उपरिक्षक शाहले बताउनुभयो । गाउँमा गफ गरेर बसिरहेको बेला खुकुरी लिएर आएका समूहले महेशलाई शुरुमा ज्यान मार्ने धम्की दिएका थिए ।
ज्यान मार्ने धम्कीपछि महेशले तत्काल ईलाका प्रहरी कार्यालय देवाही गोनाहीका प्रहरी निरीक्षक मेदनी शाहलाई फोन गरेका थिए तर, घटनास्थलमा प्रहरी नपुग्दै धम्की दिए लग्तै सो समूह महेश दम्पतीमाथि आक्रमणमा उत्रेको थियो ।
समुहले महेश तिवारीमाथी अन्धाधुन्द खुकुरी प्रहार गर्न थालेपछि उनलाई बचाउन खोज्दा श्रीमती जगरानी देवीको हत्या भएको हो । दुबै जनाको शरीरको टाउको, अनुहार, पिठ्यँु, हात, खुटा लगायतका भागमा खुकुरीले प्रहार गर्दा श्रीमती जगरानी देवीको मृत्यु भएको र उनका श्रीमान महेश तिवारी गम्भीर घाइते भएका हुन ।
तिवारी दम्पतीमाथि संघातिक आक्रमण भइरहेको थाहा पाएपछि गाउँलेहरुले होहल्ला गरेपछि आक्रमणकारीहरु भागेका थिए ।
महेशको देव्रे हात, कन्चट, टाउको लगाएतका भागमा गम्भीर घाउ लागेको छ भने जगरानी देवीको टाउको र घाँटीमा गम्भीर चोट लागेको छ । केही महिनाअघि मुखिया परिवार र तिवारी परिवारबीच बाटोको निकाश निकाल्ने बारेमा विवाद भएको थियो । सो विवादमा तिवारीको तर्फबाट अदालतमा महेश तिवारी साक्षी बनेका थिए ।
साक्षी बसेको विषयमा मुखिया परिवारले उनलाई पटक पटक ज्यान मार्ने धम्की दिँदै आएको थियो । सोही कारणले हत्या भएको हुनसक्ने प्रहरिको प्रारम्भिक निष्कर्ष छ यद्यपि  घटना सम्बन्धमा थप अनुसन्धान भइरहको जिल्ला प्रहरी कार्यालय रौत्हटले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?