logo
२०८० चैत्र १५ बिहीवार



अस्ट्रेलियामा ९० ह्वेलको मृत्यु, अलपत्र १८० को उद्धारका लागि प्रयास जारी

अन्तर्राष्ट्रिय |


अस्ट्रेलियामा ९० ह्वेलको मृत्यु, अलपत्र १८० को उद्धारका लागि प्रयास जारी


सिड्नी, असोज ६ गते।
अस्ट्रेलियाको दक्षिणी क्षेत्रमा पर्ने एउटा खाडीमा कम्तीमा ९० ह्वेल माछाको सोमबार मृत्यु भएपछि खतरामा रहेका १८० भन्दा बढीको उद्धारका लागि मङ्गलबार उद्धारकार्य सुरु गरिएको छ ।
ह्वेलविद्हरूले तस्मिनियाको पश्चिमी तटमा पानीको सतह कम भएको ह्वेल पुगेपछि उनीहरूलाई अनुकुल वातावरण नहुँदा मरेको बताएका छन् ।
उनीहरूले ह्वेलको समूह अन्टार्कटिकातर्फ जानेक्रममा बाटो विराएर तस्मििनियातर्फ गएको र पानीको गहिराई नभएको स्थानमा पुगेपछि अनुकुल वातावरणको अभावमा ठूलो सङ्ख्यामा ह्वेलको मृत्यु भएको हुनसक्ने बताइएको छ ।
सरकारी जलचरविद् क्रिस कार्लियनका अनुसार सोमबार साँझसम्म झण्डै एक तिहाई ह्वेलको मृत्यु भएको र अन्यलाई सुरक्षित स्थलतर्फ लान उद्धारका लागि सवयम्सेवक तथा माछापालनमा काम गर्ने श्रमिकहरूको सहायतामा करिब ४० ह्वेलको उद्धार गरिएको छ । उहाँले उद्धार चुनौतीपूर्ण रहेको बताउँदै यसका लागि केही दिन लाग्ने बताउनुभएको छ ।
तस्मिनियामा ह्वेलका समूहहरू प्रायः भेटिने गरेका भएपनि उनीहरूको यति ठूलो समूह भने सन् २००९ पछि पहिलो पटक देखिएको अधिकारीहरूले बताएका छन् । ह्वेलको उद्धार डुङ्गाबाट गर्नुपर्ने भएकोले सीमित उद्धारकर्मीलाई मात्र पठाएर उद्धार गर्नुपर्ने हँदा अहिले करिब ६० जना उद्धारमा सहभागी रहेको कार्लियनले बताउनुभयो ।
चिसो पानीमा भिजेर समूद्रको छालमा काम गर्नु पर्ने भएकोले उद्धारमा कठिनाई भइरहेको बताइएको छ । समूहमा यात्रा गर्न मन पराउने ह्वेलहरूको करिब ३० वटा समूह तस्मिनिया तटीय क्षेत्रमा रहेको ९० भन्दा बढीको मृत्यु भएको उद्धारमा खटिएका कार्लियनले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?