logo
२०८० चैत्र १५ बिहीवार



काभ्रेमा ६२ सैनिकमा सङ्क्रमण

फिचर |


काभ्रेमा ६२ सैनिकमा सङ्क्रमण


मधुसुधन तिमल्सिना / मधुसुधन तिमल्सिना
काभ्रे, असोज ६ गते । पाँचखाल नगरपालिकामा रहेको वीरेन्द्र सैनिक तालिम केन्द्रका ६२ सैनिकमा कोरोना सङक्रमण पुष्टि भएको छ । शान्ति सेनाका लागि तालिममा आएका सैनिकमा कोरोना सङक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख नरेन्द्रकुमार झाले जानकारी दिनुभयो । त्यस्तै पाँचखाल कै पाँच, धुलिखेल नगरपालिकाका दुई र बनेपा नगरपालिका एक सर्वसाधरणमा पनि कोरोना पोजेटिभ भेटिएका स्वास्थ्य कार्यालयले जनाएको छ । मंगलबार एकै दिन थपिएका ७० सङक्रमित सहित काभ्रेका ५३९ पुगेको छ ।
काभ्रेमा कोरोनाका कारण मृत्यु हुनेको संख्या छ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ । भुम्लु गाउँपालिका वडा न २ सिम्थलीकी महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?