logo
२०८० चैत्र १६ शुक्रवार



कोरोनाभाइरस सङ्क्रमित तीन करोड नाघ्यो

अन्तर्राष्ट्रिय |


कोरोनाभाइरस सङ्क्रमित तीन करोड नाघ्यो


गोरखापत्र अनलाइन
काठमाडौं, असोज २ गते । विश्वभरि कोरोनाभाइरस सङ्क्रमित हुने तीन करोड नाघेको छ । गतवर्ष चीनको वुहानबाट सुरु भएको सङ्क्रमणको श्रृखंला विश्वभरि फैलिएपछि सङ्क्रमण सुरु भएको नौ महिनामा तीन करोड सङ्क्रमित भएका हुन् ।
जोन हप्कीन्स विश्वविद्यालयका अनुसार सङ्क्रमणबाट हालसम्म नौ लाख ४० हजार ब्यक्तिको निधन भएको छ । अमेरिका, ब्राजिल र भारत अहिले सबैभन्दा बढी प्रभाबित राष्ट्रहरु हुन् । तर यूरोपमा भने सङ्क्रमणको दोस्रो लहर देखिएको छ ।
बेलायतमा सरकारले दोस्रो लहरलाई नियन्त्रणमा राख्न छोटो समयका लागि कडा सतर्कताका उपायह अपनाउन लागेको छ । यूरोपबाहिर इजरायल शुक्रबारदेखि दोस्रो पटक लकडाउनमा जाँदैछ । अफ्रिकामा करिब दश लाख ब्यक्ति सङ्क्रमित भएका छन् । परीक्षण दर थोरै हुनाले अफ्रिकामा वास्तविक सङ्क्रमितको संख्या अझै धेरै हुन सक्ने अनुमान गरिएको बीबीसीले उल्लेख गरेको छ ।
अमेरिकामा हालसम्म करिब ६६ लाख ब्यक्तिमा सङ्क्रमणको पुष्टि भएको छ । एक लाख ९७ हजार ब्यक्तिको मृत्यु भइसकेको छ । भारतमा सङ्क्रमित हुने वृद्धि हुँदै आएको छ । दैनिक रुपमा ९० हजारभन्दा बढी सङ्क्रमित पुष्टि भएको छ । ८० हजार ब्यक्तिको मृत्यु भएको छ । ब्राजिलमा सङ्क्रमित हुने ४४ लाख नाघेको छ । एक लाख ३४ हजारको मृत्यु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?