logo
२०८१ बैशाख ७ शुक्रवार



चिया बगानका मजदुरको ज्याला विवाद समाधान

समाज |


चिया बगानका मजदुरको ज्याला विवाद समाधान


विष्णुप्रसाद पोखरेल

दमक, भदौ ३१ गते । झापामा लामो समय अघिदेखिको चिया बगानमा कार्यरत मजदुरहरुको ज्यालाको बिषयको विवाद सामधान भएको छ । चिया उद्यमीहरुले न्यूनतम ज्यालमा दैनिक ३० रुपियाका दरले बढाउने भएपछि विवाद सामधान भएको हो ।
न्यूनतम ज्यालालाई लिएर झापाका चिया मजदुर संगठन र नेपाल चिया उत्पादक संघबीच विवाद चल्दै आएको थियो । झापा उद्योग संघ, भद्रपुरको कार्यालयमा बुधवार अबेरसम्म भएको छलफलपछि चार बुँदे सहमति भएको बताईएको छ । श्रम ऐन, २०७४ अनुसार दैनिक न्यूनतम ज्याला ३८५ रुपैयाँ पाउनु पर्नेमा यो मजदुरले नपाएको बारम्बार गुनासो गर्दै आएका थिए ।
दुवै पक्षबीच भएको सहमतिमा न्यूनतम ज्यालामा ३० रुपैयाँ वृद्धि भएको छ । अब चिया मजदुरले दैनिक ४१५ रुपिया पाउनेछन् । चालु आर्थिक बर्ष अर्थात साउन १ गतेदेखि यताको अब मजदुरले दैनिक ४१५ रुपिया पाउने निश्चित भएको छ । अर्को आर्थिक बर्षमा थप २० रुपिया पनि थप्ने निर्णय सहमति भएको छ, नेपाल चिया उत्पादक संघका जेपी शर्माले बताउनु भयो ।
सहमति अनुसार चिया प्रशोधन वा कारखानामा काम गर्ने श्रमिक तथा बगानमा काम गर्ने नाइके, सरदार र चौकीदारको ज्यालामा अतिरिक्त दैनिक भत्ता पनि पाउने भएकाछन् । यस्तो दैनिक भत्ता ४२ रुपैयाँ रहेकोमा थप ५५ रुपैयाँ पुगेको छ । अब हामीलाई चिया क्षेत्रको मजदुरको समस्या हल हुन्छ भन्ने विश्वास छ, शर्माले भन्नुभयो ।
नेपाल चिया उत्पादक संघका अध्यक्ष सुरेश अग्रवालका अनुसार आफुहरुले मजदुरको पीडा बुझेको बताउनु भयो । बिभिन्न अप्ठेराका कारण यो अवधिसम्म सहमति पुग्न नसकिएपनि श्रम ऐनको कार्यन्वयन गर्न तथा गराउन सबै एकजुट हुनुपर्नेमा जोड दिनु भयो । यो हामी सबैको साझा बिषय हो, उहाँले भन्नुभयो ।
मजदुर नेता दीपक तामाङका अनुसार केहि हदसम्म भएपनि मजदुरको पक्षमा अहिले सहमति जुटेको बताउनु भयो । श्रम ऐनको पुर्ण कार्यन्वयनको पक्षमा हामी रहेका छौ र यो शुरुवाती सकारत्मक कदमको रुपमा लिएका छौ, उहाँको भनाई छ । भारतमा चियाको माग पनि अधिक रहेको र मूल्य पनि बढेको छ ।
यो अवस्थामा चिया उत्पादकहरु पनि मजदुरको ज्याला बढाउन सहमत भएको बताईन्छ । झापामा साना किसानका सहित २८ वटा चिया उद्योगहरु सञ्चालनमा रहेकाछन । यि उद्योगहरुमा ५० हजार बढी मजदुरहरु कार्यरत रहेको बताईएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?