logo
२०८१ बैशाख ८ शनिवार



कोरोनाले अत्यायो विश्वकर्माका मूर्तिकारलाई (फोटो फिचर)

समाज |


कोरोनाले अत्यायो विश्वकर्माका मूर्तिकारलाई (फोटो फिचर)
तस्बिर ः सुजन गुरूङ


गोरखापत्र अनलाइन
काठमाडौं, भदौ ३१ गते । सिराहको लाहनमा जन्मिएका श्याम नारायण पण्डितको लालितपुरको गुसिङ्गलको सानो गल्लीमा टिनले बारिएको एउटा सानो कारखाना छ ।
काराखानाको वातावरण त्यति सुन्दर छैन बाहिरबाट देख्दा कुनै कवाडी खाना हो कि जस्तो लाग्ने यो कारखाना भित्र छिर्दा भने मनै आनन्द हुने सुन्दर मूर्तिहरुको दर्शन गर्न पाइन्छ ।
पण्डितले माटोधूलोमा लुकामारी गर्ने उमेददेखि नै माटोलाई कलामा ढाल्न थाल्नुभयो उहाँ राजधानी छिरेको पनि २५ वर्ष भयो । सातजना शिल्पी मिलेर चलाएको यो काराखानामा अहिले विश्वकर्मा बाबाका मूर्ति ठडिएका छन् । याहाँ दुर्गा, गणेश आदि भगवनाका मूर्ति तयार गरिन्छ । एउटा मूर्तिको सातहजार देखि १७ हजारसम्म विक्री हुन्छ । दुर्गामूर्ति भने साइज हेरेर चालीस हजारसम्म पनि पर्ने गर्छ । कोरोनाले यो पेशामा पनि असर गरेको छ पण्डित र उनको समूहले यो वर्ष छ सात लाख घाटा व्यहोर्नु प¥यो । विहीबार विश्वकर्मा बाबा पूजा आज गरिदै छ । फोटोपत्रकार सुजन गुरुङले कैद गरेका दृष्य । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?