logo
२०८१ बैशाख ७ शुक्रवार



अवज्ञा गर्नेविरुद्ध कारबाही

मुख्य समाचार |


अवज्ञा गर्नेविरुद्ध कारबाही


देवबहादुर कुँवर

काठमाडौँ, भदौ २६ गते । काठमाडौँ उपत्यकामा जारी तीन हप्ता लामो निषेधाज्ञा खुकुलो भई बिहीबारबाट राजधानीमा चहलपहल बढेको छ । निजी तथा सार्वजनिक सवारी साधनहरू सञ्चालनमा जोर–बिजोर लागू गरिएसँगै सडकमा सवारीको चाप केही बढेको छ भने व्यापार व्यवसाय तथा पसल खुलेका छन् । निषेधाज्ञा खुकुलो भएसँगै मापदण्ड उल्लङ्घन गर्नेविरुद्ध कारबाही सुुरु भएको छ ।
महानगरीय प्रहरी कार्यालयका प्रमुख विश्वराज पोखरेलले दशैँ–तिहार नजिकिँदै गएकाले पनि सवारीको चाप ह्वात्तै बढेको हुनसक्ने बताउनुभयो । जोर–बिजोरको पालना नगरी चलाइएका एक हजारभन्दा बढी सवारी नियन्त्रणमा लिएको उहाँले बताउनुभयो । त्यस्तै स्वास्थ्य तथा सुरक्षासम्बन्धी मापदण्ड पालना नगर्ने सवारीमा सवारी यात्रु झार्नेदेखि चालकलाई कारबाही गर्न थालिएको छ ।
कोरोना सङ्क्रमण महामारी भयावह बन्न सक्ने खतराका कारण कतिपय व्यापार, व्यवसाय र पसलहरू खोल्न तथा सञ्चालन गर्न साताको बार र निश्चित समय तोकिए पनि अधिकांश व्यवसाय खुलेपछि कोरोना सङ्क्रमणको त्रास बढेको छ ।
काठमाडौँ उपत्यकाको भित्री बस्ती, टोल र गल्लीका प्रायः सबै किराना पसल तथा व्यवसाय खुलेका छन् । पसल तथा व्यवसाय नियमित रूपमा खुलेसँगै सर्वसाधारणको चहलपहल बढेको छ ।
निषेधाज्ञा खुकुलो भएको पहिलो दिनमा नै जिल्ला प्रशासन कार्यालयबाट जारी निर्देशनको पूर्ण पालना भएको देखिँदैन । पसलहरूले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन सकेका छैनन् । न्युरोड रञ्जना मलका व्यापारी राजेश गुप्ता पहिलो दिनमा सरसफाइ गर्नुपर्ने भएकाले सतर्कता नअपनाइएको बत(ाउनुहुन्छ ।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले सरकारबाट जारी स्वास्थ्य तथा सुरक्षा मापदण्ड नअपनाउने तथा निर्णयको कार्यान्वयन नगर्ने जोकोहीलाई कारबाही हुने चेतावनी दिनुभयो । विभिन्न निकायबाट बजार अनुगमन भइराखेको भन्दै उहाँले भन्नुभयो, सञ्चालन गर्न सकिने १९बुँदे क्रियाकलाप र निषेध गरिएका आठ बुँदे निर्णयविरुद्धका गतिविधि बन्द गरी सङ्क्रमण रोग नियन्त्रण कानुन अनुसार कारबाही हुने छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?