logo
२०८१ बैशाख ८ शनिवार



राजधानीमा पनि मनाइयो जितिया पर्व (फोटो फिचर)

समाज |


राजधानीमा पनि मनाइयो जितिया पर्व (फोटो फिचर)
तस्बिर: सुजन गुरूङ्ग


गोरखापत्र अनलाइन
काठमाडौं, भदौ २५ गते । मिथिलाञ्चलका हिन्दूधर्मावलम्बीहरुले मनाउने जितिया पर्व राजधानीको गौरीघाटमा पनि मनाइयो । सन्तानको सौर्य वृद्धि र कल्याणको कामनासहित पुत्रवती सन्तानवती मिथिलानी मिथिलाका नारी आज जितिया पर्वको कठोर उपवासमा छन् । असोज कृष्ण अष्टमीका दिन गरिने यो पर्व मिथिलानी बुधबार राति १० बजेअघि ‘ओठङ्न’ ९अङ्गुठन पनि भनिन्छ, तीजको दर खाएजस्तै० खाएर शुरु गरेका हुन् ।
असोज कृष्णपक्ष पितृपक्षको अष्टमी शुरु हुनु एक घडी करिब साढे दुई घण्टा पूर्व शुरु हुने उपवास एक अहोरात्रपछि नवमी तिथि एक घडी कटाएर समापन गरिने मैथिल परम्परा छ । सोही परम्पारानुसार बुधबार राति १० बजेलगत्तै अष्टमी टेकेको हुँदा व्रतालुले ‘ओठङ्न’ त्यसपूर्व नै खाएका हुन् ।

तस्बिर: सुजन गुरूङ्ग

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?