logo
२०८१ बैशाख ११ मंगलवार



काठमाडौँका तीनसहित पाँच सङ्क्रमितको मृत्यु

समाज |


काठमाडौँका तीनसहित पाँच सङ्क्रमितको मृत्यु


गोरखापत्र अनलाइन
काठमाडाैँ, भदौ २५ गते । कोरोना भाइरसको सङ्क्रमणबाट थप पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक महिला र चार पुरुष छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रलायका अनुसार मृत्यु भएकोमा चार जना बाग्मती प्रदेशको र एक प्रदेश ५ का छन् । पछिल्लो चौबीस घण्टामा काठमाडाैँमा एक महिला र दुई पुरुष गरी तीन जना सङ्क्रमितको मृत्यु भएको पुष्टि भएको छ । मृत्यु हुनेमा काठमाडाैँकी ५५ वर्षीया महिला, ५९ वर्षीय पुरुष र ८३ वर्षीय पुरुष छन् । वागमती प्रदेशकै चितवनका ६२ वर्षीय पुरुषको समेत सङ्क्रमणबाट मृत्यु भएको हो ।
त्यसैगरी प्रदेश ५ को कपिलवस्तुका २९ वर्षीय युवाको समेत कोरोना सङ्क्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ । पछिल्लो चौबीस घण्टामा थपिएका पाँच जना मृतकसँगै कुल मृत्यु हुनेको सङ्ख्या ३१७ पुगेको छ । नेपालमा कुल सङ्क्रमितको शून्य दशमलब ६३ प्रतिशतको मृत्यु भएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?