logo
२०७७ माघ ६ मंगलवार

यस वर्ष इन्द्रजात्रामा भीडभाड रोकिने

समाज |


2020-08-12-20347
फाइल तस्विर


काठमाडौँ, साउन २८ गते । जिल्ला प्रशासन कार्यालय काठमाडौँले यस वर्षको इन्द्रजात्रामा हुने भीडभाड नगर्ने निर्णय गरेको छ ।
कार्यालयमा मङ्गलबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले इन्द्रजात्रा, हरितालिकालगायत चाडपर्वमा हुने सबै किसिमका भीडभाड नगर्न सरोकार भएका सबै निकायलाई आह्वान गरेको प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले राससलाई जानकारी दिनुभयो ।
बाहिर हुने भीडभाडका कार्यक्रम रोकिए पनि घरभित्र हुने जात्राका विधि भने गर्न सकिने उहाँले बताउनुभयो । काठमाडौँ उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि जिल्ला सुरक्षा समितिले मठमन्दिरलगायत जात्रापर्वका भीडभाड रोक्ने निर्णय गरेको हो । इन्द्रजात्रा चलाउँदै आएको गुठी संस्थान जिल्ला शाखा काठमाडौँका प्रमुख हरिप्रसाद सुवेदी पनि जात्रा गर्ने वातावरण यस वर्ष नभएको बताउनुहुन्छ । जिल्ला प्रशासन कार्यालयको निर्णय प्राप्त भएपछि विधि भने पूरा गर्ने गरी काम गरिने उहाँको भनाइ छ ।
यस वर्ष इन्द्रजात्राको लिङ्गो गाड्ने साइत आगामी भदौ १४ गते बिहान ७.०७ बजे र जात्राको मुख्य दिन भदौ १६ गते तोकिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?