logo
२०८१ बैशाख १३ बिहीवार



दश रुपियाँको मास्क प्रयोग नगर्दा एक सय जरिवाना !

समाज |


दश रुपियाँको मास्क प्रयोग नगर्दा एक सय जरिवाना !


नवीन शिशिर
गल्कोट, साउन २४ गते । सरकारले साउन ७ गतेदेखि बन्दाबन्दी खुला गरे पनि जनस्वास्थ्यका मापदण्ड पालना गर्न निरन्तर आग्रह गर्दै आएको छ ।
लकडाउन खुला भए पनि कोरोना संक्रमणको जोखिम कायमै रहेकाले जनस्वाथ्य तथा सुरक्षा मापदण्ड उल्लङघन गर्ने नागरिकलाई जिल्ला प्रशासन कार्यालय, वाग्लुङ कारबाहीको तहमा उत्र्रेको छ ।
स्थानीय प्रशासनले स्वास्थ्य सुरक्षा मापदण्ड वेवास्ता गर्दै बजार क्षेत्रमा हिड्ने, किनमेलमा सहभागी तथा व्यापारीलाई सडक तथा कार्य क्षेत्रबाटै उठाएर कारबाही थालेको हो ।
“बजार क्षेत्रमा स्वास्थ्य सुरक्षा मापदण्डको व्यापक उल्लङघन भएको देखियो” जिल्ला प्रशासन कार्यालय बागलुङका प्रशासकीय अधिकृत धिरेन्द्रराज पन्तले भन्नुभयो–“कोरोना संक्रमण जोखिम न्युनिकरण गर्न कार्वाही नै थाल्नु परेको हो ।”
व्यापारीक क्षेत्र सपिङ्ग सेन्टर, किराना पसल, तरकारी तथा फलफूल पसल, होटल र रेष्टुरेन्टका संचालकलाई समेत पक्राउ गरी जरिवाना गरिएको थियो । एक हप्ताको अवधिमा करिव एक सय जनालाई जरिवाना गरिएको छ ।
“दश रुपैयाँको मास्क नलाउनेले एक सय रुपैयाँ गरिवाना तिर्नु परेको छ”, प्रशासकीय अधिकृत पन्तले भन्नुभयो–“आफ्नो पसल क्षेत्रमा न्युनतम सामाजिक दुरी निर्माण तथा व्यापारी स्वयमले मास्क नलगाएको खण्डमा कारबाही हुन्छ ।”
लकडाउन खुला भए पछि नागरिक स्वास्थ्य प्रति संवेदनशिल नभएको गुनासो बढ्दै गएको छ । हिडडुल गर्दा मास्क, सेनिटाइजर जस्ता स्वास्थ्य सुरक्षा सामाग्रीको प्रयोग नगरे संक्रमणको उच्च जोखिम रहने धौलागिरी अस्पताल बागलुङका प्रमुख डाक्टर सैलेन्द्र विक पोख्रेलको भनाई छ ।
बजार क्षेत्रको हिड्डुल, किनमेल अस्तव्यस्तै देखिन्छ डाक्टर पोख्रेलले भन्नुभयो–
“स्वास्थ्य प्रति सजकता नअपनाउँदा भयावह नहोला भन्न सकिँदैन ।”

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?