logo
२०८१ बैशाख ७ शुक्रवार



खिम्तीलाई प्राधिकरण मातहत ल्याउन ढिलाइ

मुख्य समाचार |
फिचर |


खिम्तीलाई प्राधिकरण मातहत ल्याउन ढिलाइ


गोपालचन्द्र सुवेदी

काठमाडौँ, साउन २३ गते । खिम्ती जलविद्युत् आयोजनाको आधा स्वामित्व नेपाल विद्युत् प्राधिकरण मातहत ल्याउने समय बितिसके पनि प्रक्रियाले नै गति लिन सकेको छैन । कानुनतः गएको असार २७ देखि नै ५० प्रतिशत स्वामित्व प्राधिकरणमा आउने र विद्युत् खरिद सम्झौता नयाँ गरी प्राधिकरणले लाभसमेत लिने कार्य अझै पनि अवरुद्ध छ ।
यद्यपि ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले भने आवश्यक तयारी र संवादको प्रक्रिया जारी रहेको जनाएको छ । निर्माण स्वामित्व सञ्चालन र हस्तान्तरण बुट मोडेलनमा सन् २००० जुलाईदेखि ६० मेगावाट विद्युत् उत्पादन थालेको यो आयोजना विकास सम्झौताअनुसार २० वर्ष पूरा भएकाले आधा स्वामित्व प्राधिकरणमा आउनुपर्ने हुन्छ ।
स्वामित्व हस्तान्तरणपूर्व गर्नुपर्ने आवश्यक तयारी समयमै हुन नसक्दा एक महिना समय गुज्रिसकेको छ । कोरोनाका कारण निम्तिएको बन्दाबन्दीका कारण समस्या परेको र अन्तरिम व्यवस्थामार्पmत समस्या सुल्झाउने कार्य जारी रहेको मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे बताउनु हुन्छ ।
“हामीले गएको पुसदेखि नै आवश्यक तयारी थालेको थियौँ तर लगत्तै कोरोना महामारी र विश्वव्यापी बन्दाबन्दीको आकस्मिक समस्या आयो” उहाँले भन्नुभयो, “आयोजनाको नियमित सञ्चालन र प्राधिकरणलगायत कसैलाई पनि थप वित्तीय भार नपर्ने गरी अन्तरिम तथा दीर्घकालीन व्यवस्थाका काम भइरहेका छन् । ”
मन्त्रालयका प्रवक्ता प्रवीणराज अर्यालका अनुसार खिम्तीका प्रवद्र्धक हिमाल पावर कम्पनीका सञ्चालकहरू विदेशमा रहेकाले घनीभूत छलफल हुन सकिरहेको छैन । “तर हामीले उनीहरूलाई दुई पटक पत्राचार गरिसकेका छौँ र हामी जवाफको प्रतीक्षामा छौँ अर्यालले भन्नुभयो, “स्थायी विद्युत् खरिद सम्झौता नहुँदासम्मका लगि अन्तरिम दरलगायत केही व्यवस्थापकीय प्रस्ताव हामीले पठाएका छौँ । ” सम्भव भएसम्म असोजको दोस्रो सातासम्म प्राधिकरणको स्वामित्व कायम भइसक्ने गरी काम भइरहेको उहाँको दाबी छ ।
आयोजना हस्तान्तरणका लागि आयोजनाको सम्पत्ति लेखाङ्कनको काम भइसकेको भए पनि नयाँ विद्युत् खरिद सम्झौता गर्ने, नयाँ संयुक्त कम्पनी खडा गर्नेजस्ता महìवपूर्ण काम बाँकी नै छन् । सचिव घिमिरेका अनुसार यी काम बाँकी रहे पनि प्राधिकरण, प्रवद्र्धक तथा सरकार कसैलाई पनि थप वित्तीय दात्यित्व सिर्जना नहुने र गएको असार २७ गतेदेखि नै प्राधिकरणको स्वामित्व स्थापित हुने गरी प्रक्रिया टुङ्ग्याइने छ ।
सन् १९९६ देखि निर्माण थालेको यो आयोजना चार वर्षमै निर्माण सम्पन्न भएको थियो । विदेशी लगानीको महìवपूर्ण आयोजनाका रूपमा हेरिएको सो आयोजनाको अमेरिकी डलरमा गरिएको विद्युत् खरिद सम्झौताका कारण चर्चाको विषय बन्दै आएको छ ।
आयोजनाको विद्युत् खरिद सम्झौताकै प्रावधानका कारण नेपाल विद्युत् प्राधिकरण सो आयोजनाबाट महँगोमा किनेर सस्तोमा बेच्नुपर्ने बाध्यताबाट गुज्रँदै आएको छ । त्यसबाहेक आयोजनाको रोयल्टि पनि प्राधिकरणले व्यहोरिदिनुपर्ने बाध्यता बहन गर्दै आएको छ ।
दोलखा र रामेछापको बीचमा रहेको खिम्ती खोलामा आयोजना बनाउने गरी सरकार र बुटवल पावर कम्पनीबीच आयोजना विकास सम्झौता भएको थियो । खिम्ती आयोजना १४ करोड २० लाख अमेरिकी डलरमा निर्माण सम्पन्न भएको आयोजना हो । प्रवद्र्धक हिमाल पावर कम्पनीमा नेपाली बुटवल पावर कम्पनी र दुई नर्वेजियन कम्पनी स्ट्याटक्राफ्ट र बीकेकेको स्वामित्व छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?