logo
२०८१ बैशाख ७ शुक्रवार



पन्ध्रौँ योजनाको लक्ष्य पुनरवलोकनको तयारी

मुख्य समाचार |


पन्ध्रौँ योजनाको लक्ष्य पुनरवलोकनको तयारी


भउचप्रसाद यादव

काठमाडौँ, साउन २३ गते । राष्ट्रिय योजना आयोगले १५औँ पञ्चवर्षीय योजनाका लक्ष्य पुनरवलोकन सुरु गरेको छ । कोरोना सङ्क्रमणका कारण मुलुकको अर्थतन्त्र प्रभावित भएपछि पञ्चवर्षीय योजनाको नीतिबाहेक लक्ष्यमा परिवर्तन गर्ने तयारी थालेको हो ।
गोरखापत्र दैनिकसँग कुराकानी गर्दै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले कोरोना महामारीका कारण १५औँ पञ्चवर्षीय योजना प्रभावित हुने निश्चित देखिएपछि योजनाका लक्ष्य परिवर्तन गर्ने तयारी भइरहेको बताउनुभयो ।
सङ्घीय नेपालको पहिलो आवधिक आयोजनाका रूपमा १५औँ पञ्चवर्षीय योजनाले प्रतिव्यक्ति आय एक हजार ५९५ अमेरिकी डलर, औसत आयु ७२ वर्ष, पाँच वर्षमा औसत आर्थिक वृद्धिदर ९.६ प्रतिशत पु¥याउने लक्ष्य लिएको छ । त्यस्तै गरिबीलाई १० प्रतिशतभन्दा कममा झार्ने, ११.४ प्रतिशतको हाराहारीमा रहेको बेरोजगारी चार प्रतिशतमा झार्ने र साक्षरता दर ९० प्रतिशतमा पु¥याउने महìवाकाङ्क्षी योजना अगाडि सारेको छ ।
उपाध्यक्ष डा. कँडेलले पञ्चवर्षीय योजनाका ती लक्ष्य पूरा हुने देखिएनन् । त्यसैले कोरोनाका कारण योजनामा अहिलेसम्म परेको असर र भविष्यमा पर्न सक्ने प्रभावबारे अध्ययन सुरु गरिएको छ भन्नुभयो । आर्थिक वर्ष ०७६÷७७ बाट १५औँ पञ्चवर्षीय योजना सुरु भएको हो । उहाँले कार्यान्वयनमा आएको वर्षमा नै कोरोना महामारीका कारण पञ्चवर्षीय योजनाका लक्ष्य पूरा नहुने अवस्था सिर्जना भएको छ । प्रभाव अध्ययनको प्रतिवेदन आइसकेपछि पञ्चवर्षीय योजनाका सम्बन्धमा कसरी जाने भन्ने निक्र्योल हुन्छ भन्नुभयो । उहाँले योेजनाको नीतिमा खासै त्यस्तो परिवर्तन गर्नुपर्ने स्थिति नरहे पनि लक्ष्यमा परिवर्तन गर्नुपर्ने स्थिति देखिएको
स्पष्ट पार्नुभयो ।
उहाँले कोरोनाको प्रभाव दुई वर्ष त स्पष्ट देखिने स्थिति रह्यो । पहिलो वर्ष पनि प्रभावित भयो, दोस्रो पनि प्रभावित हुँदैछ भन्नुभयो । कोरोनाका कारण योजनाको कुन–कुन क्षेत्र प्रभावित भएको छ र अबका दिनमा योजनाका लक्ष्यमा के कस्तो प्रभाव पार्न सक्छ भन्ने विषयमा अध्ययनले स्पष्ट मार्गनिर्देशन गर्ने उहाँले बताउनुभयो । उहाँले कोरोनाका कारण चैतयता मुलुकको अर्थतन्त्र र मुलुकको वर्तमान मानव सूचकाङ्कमा परेको प्रभावबारे अध्ययनले स्पष्ट पार्नेछ भन्नुभयो । योजनाका महìवाकाङ्क्षी लक्ष्यका रूपमा रहेको प्रतिव्यक्ति आय, गरिबी न्यूनीकरण, औसत आयु र साक्षरता दर बढाउने लगायतका लक्ष्य पूरा हुन नसक्ने उपाध्यक्ष डा. कँडेलको अनुमान छ ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?