logo
२०७७ श्रावण ३० शुक्रवार

मलेखु बजारमा माछाको प्रतिमा

समाज |


2020-07-26-19237


मुरारी अधिकारी
धादिङ, साउन ११ गते । मलेखु बजार माछाको लागि प्रशिद्ध बजार हो । पृथ्वी राजमार्ग भएर आवतजावत गर्नेहरूको आकर्षणको केन्द्र बनेको उक्त बजारमा माछाको प्रतिमा निर्माण गरिएको छ ।

धादिङको गजुरी गाउँपालिका वडा नम्बर २ मलेखु पुलमा ११ लाख ५० हजारको लागतमा निर्माण गरिएको माछाको प्रतिमा अनावरण गरिएको छ । गजुरी गाउँपालिकाको नीति तथा कार्ययोजना अनुसार माछाको प्रतिमा बनाइएको गाउँपालिकाले जनाएको छ । गजुरी गाउँपालिकाले साढे छ लाख रुपियाँ लागतमा माछाको प्रतिमा खरिद र अन्य श्रम ज्याल गरी ११ लाख ५० हजारमा प्रतिमा बनाएको अध्यक्ष राजेन्द्र विक्रम बस्नेतले बताउनुभयो । ललितपुरका कालीगढ बाबुराजा महर्जन र उहाँका छोरा अनिशको कला–कौशलबाट निर्मत ढलौटको माछाको प्रतिमा एक कार्यक्रमका बीच गाउँपालिकाका अध्यक्ष राजेन्द्र विक्रम बस्नेतले अनावरण गर्नुभएको हो । माछाको बजारलाई थप प्रचारप्रसार गर्न राजमार्ग छेउमा माछाको प्रतिमा राखिएको स्थानीय भरत बराकोटीले बताउनुभयो ।

माछाका परिकारको लागि प्रख्यात मलेखु बजार अझै व्यवस्थित रुपमा सञ्चालन गर्न लाग्नुपर्ने भन्दै अध्यक्ष बस्नेतले माछाबजारको पहिचानमा सूधार गर्न सबैलाई आग्रह गर्नुभएको छ । त्यसैगरी कार्यक्रममा मलेखु बजारमा पहिलो पटक माछा व्यवसाय गर्ने चार जना व्यवसायीहरूलाई पनि सम्मान गरिएको छ । सम्मानित हुनेहरूमा छविलाल मरहठ्ठा, विष्णुमाया मरहठ्ठा, एकराज सेढाई र टुल्कादेवी सेढाई रहेका छन् । अहिले गजुरी बजार र मलेखु बजारमा करिब २५० जना व्यवसायीहरूले माछा व्यवसाय गर्दै आइरहेका छन् । विभिन्न परिकारका माछा खाने स्टेशनका रुपमा परिचित मलेखुमा दैनिक एक हजार पाँच सय किलो माछा बिक्री हुने गरेको व्यवसायीहरू बताउँछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?