logo
२०८१ बैशाख ८ शनिवार



बलात्कार आरोपमा सशस्त्रका एसएसपी पक्राउ

समाज |


बलात्कार आरोपमा सशस्त्रका एसएसपी पक्राउ


तारा चापागाईं दुवे/ चन्द्रप्रकाश शर्मा

कास्की, असार ३१ गते । बलात्कार आरोपमा सशस्त्र प्रहरी तालिम केन्द्र लामापाटनका प्रमुख एसएसपी राजेन्द्र अधिकारी बुधबार पक्राउ पर्नुभएको छ ।

लामापाटनस्थित आफ्नै क्वार्टरमा बोलाएर एसएसपी अधिकारीले आफूमाथि बलात्कार गरेको पीडित महिलाले प्रहरीलाई फोनमार्फत जानकारी गराएपछि तत्काल नेपाल प्रहरीको टोलीले अधिकारीलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले पीडित महिलालाई स्वास्थ्य जाँचका लागि अस्पताल लगेको छ ।

जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रमुख एसपी जीवन श्रेष्ठका अनुसार महिलाले आफूमाथि अधिकारीले बलात्कार गरेको जानकारी गराएलगत्तै प्रहरीको टोली सम्बन्धित ठाउँमा पुगेर अधिकारीलाई नियन्त्रणमा लिइएको हो ।

‘पोखराकै एक ठाउँबाट ती महिलाले आफूमाथि बलात्कार भएको भन्दै प्रहरीलाई जानकारी गराएपछि हामी महिलाले भनेको ठाउँमा आइपुगेका छौँ, अहिले अधिकारीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेका छौँ ।’ श्रेष्ठले भन्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?