logo
२०८१ बैशाख ८ शनिवार



किशोरीको अश्लील भिडियो अपलोड गरेको आरोपमा युवक पक्राउ

समाज |
खुला |


किशोरीको अश्लील भिडियो अपलोड गरेको आरोपमा युवक पक्राउ


गोरखापत्र अनलाइन
काठमाडौँ, असार २९ गते । नेपाल प्रहरीको साईबर ब्यूरोले किशोरीको अश्लील भिडियो बनाएर पोर्न वेबसाइटमा राख्ने एक युवालाई पक्राउ गरेको छ । पक्राउ पर्ने काठमाडौँ गोङ्गबु बस्ने २३ वर्षका सुरज श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।
प्रहरी प्रधान कार्यालय, साईबर ब्यूरोका सहनिर्देशक एवम् प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले किशोरीको अश्लील भिडियो बनाएर वेबसाइटमा राख्ने श्रेष्ठलाई गोङ्गबुबाट पक्राउ गरेको जानकारी दिनुभयो । ब्यूरोले एक विज्ञप्ति जारी गरी श्रेष्ठलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जनाएको छ । वरिष्ठ उपरीक्षक अर्यालका अनुसार युवक श्रेष्ठले चितवनकी एक १७ वर्षीया किशोरीको अश्लील भिडियो पोर्न साइटमा राखेका थिए ।
ब्यूरोले युवक श्रेष्ठमाथि विद्युतीय कारोबार ऐन, २०६३ को परिच्छेद–९ बमोजिमको कसुरमा पक्राउ गरी मुद्दा चलाउने तयारी गरेको छ । उक्त परिच्छेदले अश्लील तथा यौनजन्य सामग्रीहरू कम्प्युटर, इन्टरनेट लगायतका विद्युतीय वा अन्य माध्यमबाट प्रकाशन, प्रसारण वा प्रदर्शनलाई कसुरको रुपमा अर्थ्याएको छ ।
प्रहरीका अनुसार युवकले ब्लुसंसार डट कममा किशोरीको भिडियो अपलोड गरेका थिए । लगत्तै पीडित पक्षले प्रहरीलाई जानकारी गराएर व्यक्ति पत्ता लगाई कारबाहीको निवेदन दिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?