logo
२०८१ बैशाख ४ मंगलवार

 तनहुँ पहिरो अपडेट 



बाढी र पहिरोमा ११ जनाको मृत्यु (नामसहित)

पढ्नै पर्ने |


बाढी र पहिरोमा ११ जनाको मृत्यु (नामसहित)


अमरराज नहर्की

तनहुँ, असार २९ गते । तनहुँमा आइतबार राती परेको अविरल वर्षाले आएको बाढी र पहिरोमा परी ११ जनाको मृत्यु भएको छ । व्यास नगरपालिका, रिसिङ र माग्दे गाउँपालिकामा गरी तीन ठाउँमा पहिरो जाँदा मृत्यु भएको हो ।

व्यास नगरपालिका–९, माझकोटमा दुई घर बाढीले पुरिँदा ४० वर्षीय कमला थापा, २४ वर्षीय मनोज थापा, २१ वर्षीय अञ्जना थापा, २० वर्षीय राजेश थापा र ६० वर्षीया मैतीकुमारी घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक (एसपी) अरुण पौडेलले जानकारी दिनुभयो ।

त्यस्तै रिसिङ गाउँपालिका–८, पल्ट्याङ भैँसीकिलीका २८ वर्षीय भेषबहादुर थापा, २२ वर्षीय महादेव थापा, २० वर्षीया मनिसरा थापा, २८ वर्षीया मिनीमाया थापा र पाँच वर्षीया बालिका अनिसा थापाको ज्यान गएको ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । ऋषिङका पाँचै जना र व्यास नगरपालिकाका तीन जना एउटै परिवारका हुन् । म्याग्दे गाउँपालिका–६ का १५ वर्षीया बालिका लक्ष्मी विकको पनि पहिरोमा परी ज्यान गएको छ ।

जिल्लाका साना तथा ठूला खोला नदीमा बाढी आउँदा पृथ्वी राजमार्ग, लगायत शाखा सडक मार्गहरूमा पहिरो जाँदा यातायातमा समस्या भएको छ । त्यसैगरी व्यास नगरपालिका-२ निवासी राम शाहले व्यावसायिक रुपमा पालेको एक हजार कुखुरा बुल्दी खोलामा आएको बाढीले बगाएको छ । उहाँका अनुसार करिब पाँच लाख रुपियाँ बराबरको क्षति भएको छ ।

यो पनि पढ्नुहोस्ः बाढी र पहिरोमा छ जनाको मृत्यु, पाँच बेपत्ता

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?