logo
२०८० चैत्र १५ बिहीवार



भारतीय सञ्चारमाध्यमका सामग्रीप्रति मदन भण्डारी फाउण्डेशनको निन्दा   

खुला |


भारतीय सञ्चारमाध्यमका सामग्रीप्रति मदन भण्डारी फाउण्डेशनको निन्दा   


काठमाडौँ, असार २७  गते । मदन भण्डारी फाण्डेशनले केही भारतीय सञ्चारमाध्यमले नेपाल र नेपालका प्रधानमन्त्रीका बारेमा कपोलकल्पित सामग्री प्रसारण गरेकामा निन्दा गरेको छ ।    
नेकपाका अध्यक्ष एवम् फाण्डेशनका संरक्षक ओली र नेपालका लागि चिनियाँ राजदूत हाेउ यान्छीलाई व्यक्तिगतरूपमा जोडेर उछालिएका सामग्रीले कूटनीतिक मर्यादा र पत्रकारिताको मूल्य मान्यतामा आघात पुगेको फाउण्डेशनको भनाइ छ । फाण्डेशनका सचिव पेम्बा लामाले आज विज्ञप्ति जारी गरी त्यस्ता दुर्नियतपूर्ण, कपोलकल्पित र आक्षेपपूर्ण समाचारको सम्बन्धमा समयमै कूटनीतिक माध्यमबाट खण्डन गर्न र आगामी दिनमा यस्ता कुप्रचार दोहोरिन नदिनका लागि कडा कदम चाल्न सरकारसँग आग्रह गरिएको छ । नेपालका आम सञ्चारमाध्यमलाई नेपाल र नेपालीको स्वाभिमान, स्वाधीनता र राष्ट्रियताको पक्षमा ठोस कदम चाल्नसमेत आग्रह गरिएको छ ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?