logo
२०८० चैत्र १५ बिहीवार



भारतमा कोरोनाले एकैदिन ५११ जनाको मृत्यु, २७ हजार सङ्क्रमित

अन्तर्राष्ट्रिय |


भारतमा कोरोनाले एकैदिन ५११ जनाको मृत्यु, २७ हजार सङ्क्रमित


नयाँ दिल्ली, असार २७ गते । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमितको सङ्ख्या आठ लाखभन्दा बढी पुगेको छ ।
शनिबार बिहान सरकारी अधिकारीहरूले दिएको जानकारी अनुसार भारतमा अहिलेसम्म आठ लाख २० हजार ९१६ जना सङ्क्रमित भएका छन् । तीमध्ये २७ हजार ११४ जना पछिल्लो २४ घण्टामा सङ्क्रमित भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । यो सङ्ख्या एकैदिनमा सङ्क्रमित भएकाहरूको सङ्ख्यामध्ये अहिलेसम्मकै सबैभन्दा धेरै हो । पछिल्लो २४ घण्टामा भारतमा कोरोनाभाइरसका कारण ५१९ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ ।
देशभरि दुई लाख ८३ हजार ४०७ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेका छन् । त्यसैगरी पाँच लाख १५ हजार ३८६ जना सङ्क्रमणमुक्त भएका छन् भने २२ हजार १२३ जनाको मृत्यु भएको छ । भारतका प्रदेश अनुसार हेर्दा सबैभन्दा धेरै महाराष्ट्र प्रदेश बढी प्रभावित भएको छ ।
महाराष्ट्रमा मात्रै दुई लाख ३८ हजार ४६१ जना सङ्क्रमित हुँदा दोस्रो धेरै सङ्क्रमित भएको तमिल नाडुमा एक लाख ३० हजार २६१ जना र तेस्रो धेरै सङ्क्रमित भएको दिल्ली प्रदेशमा एक लाख नौ हजार १४० जना सङ्क्रमित भएका छन् । विश्वभरिको तथ्याङ्क हेर्दा भारत तेस्रो धेरै सङ्क्रमितहरू रहेको देशमा पर्दछ । भारतमा भन्दा धेरै अमेरिका र ब्राजिलमा सङ्क्रमित रहेका छन् ।

निको भई घर फर्किनेको सङ्ख्या ६२.४२ प्रतिशत, मृत्यु दर २.७२ प्रतिशत
भारतमा कोभिड–१९ सङ्क्रमितमध्ये ६२.४२ प्रतिशत व्यक्ति उपचारपछि निको भई घर फर्किएका भारतको सङ्घीय मन्त्रालयले शुक्रबार बताएको छ । मृत्युदर २.७२ प्रतिशतमा झरेको बताइएको छ । देशका १८ राज्यहरूमा सङ्क्रमित निको हुनेको राष्ट्रिय दरभन्दा औसत दर बढी रहेको बताइएको छ । त्यस्तै विभिन्न ३० राज्यमा मृत्युदर राष्ट्रिय तथ्याङ्कभन्दा कम रहेको छ ।
भारतमा विगत २४ घण्टामा दुई लाख ८३ हजार ६५९ शङ्कास्पद नमुनाको परीक्षण भएको र अहिलेसम्म एक करोड १० लाख २४ हजार भन्दा बढी व्यक्तिको कोभिड–१९ परीक्षण भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?