logo
२०८१ बैशाख ११ मंगलवार



कास्कीमा थपिए १३ सङ्क्रमित

प्रदेश |


कास्कीमा थपिए १३ सङ्क्रमित


तारा चापागाईं दुवे
पोखरा, असार २४ गते । कास्कीमा बुधबार १३ काेराेना सङ्क्रमित थपिएका छन् । पोखरा महानगरपालिकामा १० सहित १३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।

पोखराका १० जना सङ्क्रमितमध्ये सबै पुरुष हु्न् भने अन्य तीन जना मादी गाउँपालिकाका रहेका छन् । मादी गाउँपालिकाका तीनमध्ये दुई पुरुष र एक महिला छन् । कास्कीमा सङ्क्रमण भएको पुष्टि भएका सबै युवा अवस्थाकै छन् । यी सबैलाई आइसोलेसनमा लैजाने तयारी भइरहेको शर्माले जानकारी दिनुभयो । गण्डकी प्रदेशमा सङ्क्रमितको सङ्ख्या एक हजार १२९ पुगेको छ । यीमध्ये ३५३ जना निको भएर घर फर्किएका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?