logo
२०८० चैत्र १६ शुक्रवार



गोरखाका ५२ कोरोना सङ्क्रमित निको भएर घर फर्किए

फिचर |
प्रदेश |


गोरखाका ५२ कोरोना सङ्क्रमित निको भएर घर फर्किए
सांकेतिक तस्विर


नरेन्द्र ढकाल
गोरखा, असार २४ गते । गोरखामा ५२ जना कोरोना सङ्क्रमित निको भएर घर छन् । हालसम्म ९५ जनामा कोरोना सङ्क्रमण भेटिएको गोरखामा मङ्गलबार मात्र २१ जना कोरोनामुक्त भएका छन् ।

गोरखा क्याम्पस आइसोलेसनमा उपचाररत छ स्थानीय तहका २१ जनालाई एकैपटक पुष्पगुच्छा दिएर बिदाइ गरिएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी राजुरमण न्यौपानेले जानकारी दिनुभयो । उहाँहरूमध्ये दुई जना महिला र १९ पुरुष रहेको उहाँले बताउनुभयो ।

निको हुनेहरूमा भीमसेन थापा गाउँपालिकाका ११, पालुङटार नगरपालिका र शहीद लखन गाउँपालिकाका तीन/तीन, गोरखा नगरपालिकाका दुई जना हुनुहुन्छ । यसरी अजिरकोट र बारपाक सुलिकोटका एक/एक जनाको पनि दाेस्राे पीसीआर रिपाेर्ट नगेटिभ आएको छ । उहाँहरूलाई १४ दिन होम क्वारेन्टाइनमा बस्ने सल्लाहसहित घर पठाइएको गोरखा नगरपालिकाको स्वास्थ्य शाखाका निश्चल अर्यालले जानकारी जानकारी दिनुभयो । बाँकी ३५ जना भने यसअघि विभिन्न समयमा घर गइसक्नुभएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?