logo
२०८१ बैशाख १३ बिहीवार



बाजुराका ९२ बस्ती पहिरोको उच्च जोखिममा

प्रदेश |


बाजुराका ९२ बस्ती पहिरोको उच्च जोखिममा


शेरबहादुर सार्की
बाजुरा असार २४ गते । बाजुराका नौ वटै स्थानीय तहका झण्डै ९२ बस्ती पहिरोको उच्च जोखिममा रहेका छन् । पाखो तथा भिरालो ठाउँका बस्तीमा माथिबाट पहिरो आउने र तलबाट खोला काट्दैजाने हुँदा ती बस्ती पहिरो र खोलाको उच्च जोखिममा रहेका हुन् ।

राष्ट्रिय योजना आयोगले शहरी विकासमार्फत बस्ती विकासका लागि काम गर्ने भएपछि स्थानीय तहले जोखिममा रहेका बस्तीको पहिचान गरेका छन् ।
पहिचान भएका बस्तीमा बडिमालिका नगरपालिकाका वडा नं १ र २ को भौनेरा, घागर, ३ को मुसीगाउँ, सेरी, घोगाली, ४ को तिपाडा, बेलेना, ५ को सल्लेरीवाडा ६ जडागा, ७ को जिल्ली, सिराडी, चुथी, ८ र ९ को बाउली गडखेतका रहेका छन् ।

त्यसैगरी बुढीगङ्गा नगरपालिकाका वडा नं १ को कुँडी, २ को बल्दे, नडाग, ३ को गडतोला, वसाली ४ को साउवाडा खोलाल्वाडा, ५ को कोटवाडा, ६ को फलासैन, बाम्का बजार, ७ को बेलालमाण्डौ, १० को सेलापाखा रहेका छन् ।

त्यसैगरी त्रिवेणी नगरपालिकाको वडा नं १ को बिसाल बजार, वडा नं ४ को पीपलसेन राउतेला, ५ को किम्नी ६ को गैरा, पन्धारा, फल्नेतोला ८ को पन्ताली, ढँडाली, बाँगापाटा, कालापानी, गरिरीवाडा नेपाली टोल रहेका छन् ।

बुढीनन्दा नगरपालिकाको वडा नं १ को साउने गाउँ, २ को कोल्टी, ३ को भुलेना, ४ को घोडाकोट, सिराडी ६ को दैया, लाटोबस्ती, खारगडा ७ को पहेलसेरा, नौलाकोट र खड्कावाडा, ८ को प्रियाकोट, ९ को गुइदेली रहेका छन् ।

त्यसैगरी हिमाली गाउँपालिकाको वडा नं १, २, ३ को विछ्या नेटा, वडा नं ४ को फैती, ६ को पाडी रहेका छन् । स्वामिकार्तिक गाउँपालिकाको वडा नं १ को वर्कु जोरु, मुक्तिकोट, २ को सुपाना, ३ को जुकु, ४ को वाइ, ५ मिगु रहेका छन् ।  जगनाथ गाउँपालिकाको वडा नं १ को खारखोला, २ को मुलेखोला, तल्लोहुनी, वस्केला रहेका छन् ।

खप्तड छेडेदहको वडा नं १ को नाउलीखोला, पैयापाटा, २ को बल्दे, ३ को टुनीसैन, ४ को चास्ला, ५ को पारतोला, माडीखोला, बुढाथोकीवाडा, घरेडी ६ को सुदाडा रहेका छन् । यसमध्येकै ५९ बस्तीलाई अन्य सुरक्षित स्थानमा स्थान्त्ररण गर्नका लागि पालिकाले गत वर्ष नै जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा प्रास्ताव पेश गरेका थिए । स्थानन्त्ररण गर्नुपर्ने बस्तीमा बडिमालिकाको वडा नं १ को सल्लेना, २ को मैमातोला, विष्टवाडा, बथानलेख, ३ को उखाडी ७ को जिल्ली परेका छन् ।

त्यसैगरी बुढीगङ्गा नगरपालिकाको ४ को निमनी,  काप्रा देनसायल, २ बजेडी, अम्कोट ५ को बेलकाटिया रहेका छन् । त्यस्तै त्रिवेणी नगरपालिकाको वडा नं ६ को सिम्ला, सिस्नेकोट, फल्नेतोला ८ को बम्बाडा, ९ को पैमा भाटगाउँ रहेका छन् । त्यसै गरी खप्तड छेडेदहको वडा नं १ को आरुगडा, ३ को धनाल्त, ४ को गुइवन, ५ को डोगडा, सिम्पाटा, ६ को नाइना, चँदारबाडा, ७ को हातेलेख र गुम्लागाउँ रहेका छन् ।

त्यसैगरी गौमुल वडा नं १ को दुर्गाली, खौला, अन्द्रारी, २ को कुहुडा, पौदाली, आगर, ३ को पाते, गर्जे, ५ को नक्राडा, पडीकोट, ४ को कौडाकोट, गदाडा, ६ को गैरीवाडा, शान्तिटोल, चदारवाडा, सालीकोट, वाढी रहेका छन् । त्यसै गरी बुढिनन्दा नगरपालिकाको वडा नं १ को मटेला, पारतोला, जंसाल, रावतवाडा, पीपलडाली, २ को कोल्टीबजार रहेका छन् ।
जगनाथ गाउँपालिकाको वडा नं २ को लुकाआसवाडा, ५ को पौयापहिरो रहेका छन् ।

स्वामिकार्तिक गाउँपालिकाको वडा नं १ को रुडि, छुदरी, २ को पुडेनी, घटना, ३ को तल्लो जुकु र ५ को जेराडाडावाडा रहेका छन् ।
त्यसैगरी हिमाली गाउँपालिकाको वडा नं ५ कवाडी, क्वीडी र वोर्ता र वडा न. ६ को वोल्डीक रहेका छन् । स्थानान्तरणका चहिचान भएका बस्तीमा अहिलेसम्म केही पहल नभएपछि बर्खाको समयमा यहाँको जनजीवन निकै प्रभावित बन्दैगएको छ । बुढीगङगा नगरपालिका –१ अम्कोटका पहिरो पीडित मनिराम पाध्यायले भन्नुभयो, हिउँदमा कोरोनाबाट कसरी बचौँ भन्ने डर थियो, वर्खा लाग्यो, को दिन पहिरोमा पुरिन्छकी भन्ने डर लागिरहेको छ ।

उहाँले भन्नुभयो, 'बर्खामा गाउँमाथी र तलबाट पहिरो जान सुरु भएपछि अम्कोटको गाउँ पहिरोका उच्च जोखिममा रहेको हो ।' जोखिममा रहेका बस्तीलाई आपतकालीन समयमा प्रदान गरिने राहतबाहेक अन्य केही गर्न नसकिने बडिमालिका नगरपालिका नगरप्रमुख पदम पडुवालले बताउनुभयो ।

उहाँले भन्नुभयो,  'गत वर्षमा राष्ट्रिय योजना आयोगले शहरी विकासमार्फत डीपीआर गरेर बस्ती विकासका लागि तीन करोड रुपियाँ आएपनि त्यो रकम बस्ती विकासमा नभइ योजनामा सीमित भएपछि बस्ती उठानमा समस्या परेको हो । असार २२ गते जिल्ला विपद व्यवस्थापन समितिको बैठकमा बर्खाको समयमा आइपर्ने अधिकांश विपदका घटनाहरूको रोकथाम नियन्त्रण तथा व्यवस्थापनका विषयमा विविध छलफल भएपनि बस्ती व्यवस्थापनका बारेमा अहिले कुनै छलफल नभएको जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले बताउनुभयो ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?