logo
२०८० चैत्र १५ बिहीवार



सरकारको समर्थनमा नेकपा बाँके कार्यालयमा धर्ना

प्रदेश |


सरकारको समर्थनमा नेकपा बाँके कार्यालयमा धर्ना


गोविन्द शर्मा

बाँके, असार २२ गते । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारको निरन्तरताको पक्षमा सोमबार नेकपा बाँकेका नेता कार्यकर्ताले नेपालगञ्जस्थित पार्टी कार्यालयमा धर्ना दिएका छन् । पार्टी कार्यालयमा आयोजित धर्नालाई सम्बोधन गर्दै नेकपा बाँकेका कार्यालय सदस्य निरक गुरुङ्गले अहिलेको अवस्थामा सरकार परिवर्तन आवश्यक नभएको बताउनुभयो ।

शीर्ष नेताहरुले देशभरका पार्टी कार्यकर्ता एकतावद्ध पार्टीको पक्षमा भएको कुरा बुभ्mनुहोस, साविक नेकपा बाँकेका उपाध्यक्ष समेत रहनुभएका गुरुङ्गले भन्नुभयो,– पार्टी एकता बिगार्ने प्रयास कुनैपनि कार्यकर्ताका लागि स्वीकार्य छैन । बर्तमान सरकारलाई निरन्तरता दिऔं, पार्टी एकता कायम गरौं भन्ने मुलनाराका साथ भएको कार्यक्रममा पार्टीका प्रदेश तथा जिल्ला स्तरीय नेता कार्यकर्तासँगै जनवर्गी सङ्गठनका नेता कार्यकर्ता सहभागी भएका थिए । पार्टी कार्यकर्ताहरु गाउँगाउँबाट कार्यक्रममा सहभागी हुन आएका थिए । नेकपा नेपालगञ्ज नगर कमिटीका सचिव दत्तप्रसाद आचार्यले पार्टी एकताको पक्षमा आम नेता कार्यकर्ता भएको भन्दै शीर्ष नेतृत्वलाई पार्टी एकताका लागि दबाब दिने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।

आईतबार पनि बाँकेको कोहलपुरमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको बर्तमान सरकारको निरन्तरता र पार्टी एकताका लागि दबाब दिनका लागि प्रदर्शन गरिएको थियो । धर्ना तथा प्रदर्शनमा सहभागी कार्यकर्ताहरुले पार्टी विभाजनको समर्थन गर्न नसकिने भन्दै एकतावद्ध पार्टी आफुहरुको चाहना भएको बताएका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?