logo
२०८१ बैशाख ६ बिहीवार



तस्मै श्री गुरवे नम: (फोटो फिचर)

समाज |


तस्मै श्री गुरवे नम: (फोटो फिचर)
बनकालीस्थित याेगी नरहरिनाथका प्रतिमामा सम्मान गर्दै चेलाहरू । तस्बिर: सुजन गुरूङ्ग


काठमाडौँ, असार २१ गते । आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइएको छ । गुरु पूर्णिमाका अवसरमा विगत वर्षमा औपचारिक कार्यक्रम आयोजना गर्ने गरिएकामा कोरोना भाइरसको सङ्क्रमणका कारण फरक तरिकाले मनाइएको छ ।    
    
घरबाटै जीवित गुरुलाई फोन, सामाजिक सञ्जालबाट सम्झने, कृतज्ञता ज्ञापन गर्नेलगायत तरिका अपनाइएको छ । सामान्यरुपमा औपचारिक कार्यक्रम पनि भएको छ । ‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्न निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताउनुभयो ।    
    
अन्धकारको नाश गरी जीवनमा उज्यालो फैल्याउने व्यक्तित्वलाई नै गुरु भनिन्छ । यस्ता गुरुलाई हाम्रो शास्त्रले ब्रह्मा, विष्णु र महेश्वरका रुपमा समेत मानेको छ । यसैले विभिन्न ग्रन्थमा यसो भनिएको पाइन्छ । 

पशुपतिकाे मृगस्थलीका याेगी नरहरिनाथ आश्रम तथा बुढानीलकण्ठस्थित गुरूकुलमा गुरुहरूप्रति सम्मान गरिँदै । तस्बिर: सुजन गुरूङ्ग

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?