logo
२०८० चैत्र १५ बिहीवार



जापानमा भारी वर्षापछि बाढी, १३ जनाभन्दा बढी व्यक्ति बेपत्ता

अन्तर्राष्ट्रिय |


जापानमा भारी वर्षापछि बाढी, १३ जनाभन्दा बढी व्यक्ति बेपत्ता


टोकियो, असार २० गते ।
जापानको दक्षिणी क्षेत्रमा भएको व्यापक वर्षासँगै आएको बाढीका कारण दर्जनभन्दा बढी व्यक्ति हराइरहेका छन् । सरकारी अधिकारीहरूले शनिबार दिएको जानकारी अनुसार वर्षासँगैको बाढी, पहिरो र डुबानका कारण अरु सयौँ व्यक्तिहरू प्रभावित भएका छन् ।
कतिपय व्यक्तिहरू घर डुबानमा परेकाले घरको छतमा उद्धारका लागि पर्खिरहेको पनि अधिकारीहरूले जनाएका छन् । रातभरिको वर्षाका कारण जापानको दक्षिणी क्षेत्रका झण्डै ७५ हजार मानिस बसोबास गर्दैआएको कुमामोटो र कागोशिमा डुबानमा परेर पोखरीजस्तो भएका छन् । डुबानमा परेकाहरूलाई अन्यत्र व्यवस्थापन गर्नुपर्ने अवस्था रहेको जनाइएको छ ।
माटोसहितको बाढीले रुखलाई जरैदेखि उखेलेर बगाएका दृष्यहरूले स्थानीयहरू त्रसित बनेका प्रत्यक्षदर्शीहरूले बताए ।
स्थानीय एनएचके टेलिभिजनले कम्तीमा १३ जना मानिस हराइरहेको विवरण प्राप्त भएको जनाएको छ । अधिकारीहरूले खोजी तथा उद्धार कार्य जारी रहेकाले मानवीय तथा भौतिक क्षतिको विवरण यकिन गर्न नसकिएको बताएका छन् ।
प्रधानमन्त्री सिन्जे आबेले घटनास्थलमा खोजी तथा उद्धार गर्न र उनीहरूलाई राहतको व्यवस्था गर्न विशेष टोली खटाइएको बताउनुभएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप