logo
२०८१ बैशाख ८ शनिवार



गाजीपुरमा मदन भण्डारीको सालिक अनावरण

समाज |


गाजीपुरमा मदन भण्डारीको सालिक अनावरण


शालिग्राम नेपाल
चितवन, असाज १४ गते । जननेता मदनकुमार भण्डारीको जन्म जयन्तीको अवसर पारेर उहाँको शव भेटिएको स्थान गाजीपुरमा सालिक अनावरण गरिएको छ ।

चितवनको मुग्लिन नारायणगढ सडक खण्डको दासढुङ्गामा जीप दुर्घटना भएर गाजीपुरमा शव भेटिएको स्थानमा अर्धकदको सालिक निर्माण गरी आइतबार अनावरण गरिएको हो । तुलसीप्रसाद श्रेष्ठ र दिलकुमारी श्रेष्ठकाे सौजन्यमा शालिकको बाग्मती प्रदेशका कृषि मन्त्री दावा दोर्जे लामाले अनावरण गर्नुभयो ।

मदन स्मृति पार्कमा निर्मित सालिकको संयोजन भदन भण्डारी फाउण्डेशन चितवनले गरेको थियो । पार्क निर्माणमा सङ्घीय सरकारको बजेटबाट काम भइराखेको सघन सहरी तथा भवन निर्माण आयोजना चितवनका इन्जिनियर माधव कटुवालले जानकारी दिनुभयो । सङ्घीय सरकारको ५० लाख रुपियाँ र स्थानीय १० लाख रुपियाँ गरी अहिले ६० लाख रुपियाँमा पछिल्लो काम भइराखेको उहाले जानकारी दिनुभयो ।

पार्कमा टावर पनि निर्माण भएको छ । यसको अलग्गै शीर्षकबाट काम भइराखेको उहाँले बताउनुभयो । तत्कालिन एमाले महासचिव मदन भण्डारीको २०५० साल जेठ ३ गते दासढुङ्गामा रहस्यमय जीप दुर्घटनामा परी निधन भएको थियो ।
सालिक अनावरण कार्यक्रममा भूमि सम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवी ज्ञवाली, बाग्मती प्रदेशका मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार जगन्नाथ थपलियालगायतले भण्डारीको जीवनबारे बोल्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?