logo
२०८० चैत्र १६ शुक्रवार



अलपत्र परेकालाई उद्धार जारी

समाज |


अलपत्र परेकालाई उद्धार जारी


खलङ्गा, जेठ १९ गते । जुम्लाको तिला गाउँपालिकाले रुपैडिहादेखि महेन्दनगरको गड्डाचौकी सीमानाकामा अलपत्र परेका गाउँवासीलाई उद्धार गर्नेक्रम जारी राखेको छ । यसक्रममा गाउँपालिका अध्यक्ष रतननाथ योगीले आफ्ना नागरिकलाई लिन ती स्थानसम्म बस पठाउने काम गरिरहनुभएको छ ।

अहिलेसम्म २६२ जनालाई सीमानाकाबाट उद्धार गरी गाउँपाालिकाभित्रका सामुदायिक विद्यालयको क्वारेन्टिनमा राखेको उहाँले जानकारी दिनुभयो । तीमध्ये धेरै भारतको विभिन्न शहरबाट आएका छन् ।

गाउँपालिकाले कोरोना जोखिम हुन नदिन उच्च प्राथमिकता दिएको छ । सीमानाकामा अलपत्र परेका नागरिकको नाम रेकर्ड राख्न वडाध्यक्ष परिचालन गरिएको छ । गाउँपालिकाभित्रका केही स्थानीयवासी सीमामा अलपत्र परे बस लिन पठाइने गाउँपालिकाले जनाएको छ ।

क्वारेन्टिनमा बसेकालाई खाना र आवासको व्यवस्था गरिएको छ । कोरोनाको पिसिआर परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकबाट हुने व्यवस्था मिलाइएको छ । उहाँले भन्नुभयो, “क्वारेन्टिन व्यवस्थापन र गाउँपालिकाले राहत वितरणका लागि करिब रु ४५ लाख खर्च भएको छ । ”

गाउँपालिकाले तथ्याङ्क सङ्कलन गरेअनुसार एक हजार ५०० जना भारतलगायत तेस्रो मुलुकमा तथा स्वादेशका विभिन्न स्थानमा ५०० जना रहेकाका छन् ।
जुम्ला र कालीकोट जिल्लाको सीमाक्षेत्र बीचमा रहेको सो गाउँपालिकामा कोरोनाको जोखिम हुन नदिन सीमानाकामा कडाइ समेत गरिएको छ
गाउँपालिकाभित्रका सुत्केरीदेखि अन्य रोगका बिरामीलाई चौबीसै घण्टा गाउँपालिकाको सवारी साधन खुल्ला राखिएको स्वास्थ्य शाखा प्रमुख गणेश शाहीले जानकारी दिनुभयो

उद्धार गरी घरसम्म ल्याएकामा जनप्रतिनिधिले नमूना काम गरेको स्थानीयवासी कर्णबहादुर बुढाले खुसी व्यक्त गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?