logo
२०८१ बैशाख ११ मंगलवार



बाढीले बगाउँदा कैलालीमा दुई मजदुर बेपत्ता

समाज |


बाढीले बगाउँदा कैलालीमा दुई मजदुर बेपत्ता


भवानी ऐर
गोदावरी, जेठ १९ गते । वर्षासँगै आएको बाढीले बगाउँदा कैलालीको चुरेको खोला छेउमा पाल टाँगेर बसेका दुई मजदुर बेपत्ता भएका छन् ।

जिल्लाको चुरे गाउँपालिका वडा नम्बर १ को पातले खोलामा गएराति दुई बजेको समयमा अविरल वर्षासँगै आएको बाढीले बगाउँदा सहजपुर–बोगटान सडकखण्डमा मजदुरी गर्दै आएका दुई मजदुर बगेर बेपत्ता भएको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बेपत्ता हुनेमा नदी छेउमा पाल टाँगेर बस्दै आएका कञ्चनपुरको कृष्णपुर नगरपालिका - ४, गुलरियाका अन्दाजी ४५ वर्षीय कमल थापा र सोही ठाउँका अन्दाजी २४ वर्षीय गोपाल विक रहेको जानकारी दिनुभयो ।

प्रहरी नायब उपरीक्षक बस्नेतले बेपत्ताहरूको खोजी कार्य जारी राखिएको बताउनुभयो । बेपत्ता दुवै जना सहजपुर–बोगटान सडकखण्डको मिलनपुरमा मजदुरी गर्दैआएका थिए । ईलाका प्रहरी कार्यालय, फल्टुडेका प्रमुख प्रहरी निरीक्षक माधव विश्वकर्माले रातिदेखि परिरहेको अविरल वर्षाले खोलामा पानीको बहाव पनि उच्च रहेकोले खोजी कार्यमा समस्या भएको बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?