logo
२०८० चैत्र १६ शुक्रवार



काजक्रियाको खर्च कटाएर पाँच लाखको अक्षयकोष

समाज |


काजक्रियाको खर्च कटाएर पाँच लाखको अक्षयकोष


काठमाडौँ, जेठ १९ गते ।  संस्कार समाज नेपालका अध्यक्ष पशुपति गुरुङले आफ्नी आमाको मृत्युपछि गरिने संस्कार (काजक्रिया)को खर्च कटाएर अक्षयकोष स्थापना गर्नुभएको छ । अध्यक्ष गुरुङले गत वैशाख ७ गते मृत्यु हुनुभएकी ७७ वर्षीया आमा चिसकुमारी गुरुङको काजक्रियामा लाग्ने खर्च कटाएर आइतबार रु पाँच लाखको अक्षयकोष स्थापना गर्नुभएको हो । उहाँले विश्वव्यापीरूपमा फैलँदै गएको महामारीलाई ध्यानमा राखेर गुरुङ परम्परानुसार अन्त्येष्टिपछि गरिने अर्घौँको रकम कटाएर संस्कार समाजका नाममा रु पाँच लाखको अक्षयकोष स्थापना गरेको जानकारी दिनुभयो ।

“रु पाँच लाखको अक्षयकोषबाट आउने ब्याजबाट बर्सेनि समाजमा महत्वपूर्ण योगदान दिने प्रेरणादायी व्यक्तिलाई सम्मान तथा पुरस्कार प्रदान गर्नेछौँ”, उहाँले भन्नुभयो । अध्यक्ष गुरुङले बुबाआमाको समाज सेवाप्रतिको भावनाको कदर गर्दै उक्त अक्षयकोष स्थापना गरेको बताउनुभयो । उहाँले विगत तीन वर्षदेखि ‘असल संस्कार सिकौँ सिकाऔँ, आफ्नो देश आफैँ बनाऔँ’ भन्ने मूल नाराका साथ संस्कार समाज नेपालको स्थापना गरेर सामाजिक कार्य गर्दै आउनुभएको छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?