logo
२०८० चैत्र १६ शुक्रवार



म्याग्दीमा पनि फेला प-यो कोरोना

प्रदेश |


म्याग्दीमा पनि फेला प-यो कोरोना


म्याग्दी, जेठ १६ गते ।  म्याग्दीमा पहिलोपटक बिहीबार एक जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । मालिका गाउपालिका–२ रुमका ३० वर्षीय युवालाई कोरोना सङ्क्रमण पुष्टि भएको हो । बेनीको न्यूवेष्ट प्वाइन्ट आवासीय माविको क्वारेन्टिनमा रहेका पुरुषको पोखरास्थित क्षेत्रीय प्रयोगशालामा स्वाब परीक्षणका क्रममा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बताउनुभयो । “सङ्क्रमितलाई शैक्षिक तालिम केन्द्रमा स्थापना भएको आइसोलेसनमा लगिएको छ”, उहाँले भन्नुभयो, “बिहीबार बिहान १४ जनाको स्वाब पोखरा पठाइएकामा परीक्षण गर्दा एक जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ ।”

कोरोना सङ्क्रमित युवा जेठ ९ गते सुनौलीनाका हुँदै भारतबाट बेनी आएका थिए । उनी र सँगै आएकालाई सिधैँ क्वारेन्टिनमा लगेर राखिएकाले ‘ट्राभल हिस्ट्री’ देखिएको छैन । उनी बागलुङको बडीगाड र तमानखोला गाउँपालिकाका कोरोना सङ्क्रमितसँगै एउटै बसमा आएका थिए । म्याग्दीमा बिहीबारसम्म भारतबाट आएका ८५ लाई क्वारेन्टिनमा राखिएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताउनुभयो । कोरोना सङ्क्रमण परीक्षणका लागि बिहीबार म्याग्दी बहुमुखी क्याम्पसको क्वारेन्टिनमा बसेका २९ को स्वाब सङ्कलन गरिएको छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?