logo
२०८० चैत्र १५ बिहीवार



नेपाली सेनाले ल्यायो चीनबाट स्वास्थ्य सामग्री

पढ्नै पर्ने |
फिचर |


नेपाली सेनाले ल्यायो चीनबाट स्वास्थ्य सामग्री


काठमाडौँ, जेठ १५ गते । नेपाली सेनाले चीनको ग्वान्जाओबाट कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि अत्यावश्यक स्वास्थ्य सामग्री ल्याएको छ । ती स्वास्थ्य सामग्री नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाजले आज बिहान काठमाडौँ ल्याएको हो ।

निगमको वाइडबडी जहाज बुधबार राति चीनको ग्वान्जाओ उडेको थियो । करिब १५ टन स्वास्थ्य सामग्री ल्याएको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिनुभयो ।

उहाँका अनुसार वाइडबडी जहाजका दुई उडानबाट झण्डै ३२ टन स्वास्थ्य सामग्री ल्याइएको छ । उहाँले चीनबाट खरिद गरिएका स्वास्थ्य सामग्रीमध्ये ४७.५ टन जहाजबाट ल्याउने भनिए पनि पछिल्लो उडानमा ३० पोर्टेवल एक्सरे मेसिन जहाजमा नअटेकाले स्थलमार्गबाटै ल्याउने व्यवस्था मिलाइएको बताउनुभयो ।

सेनाले जिटुजी प्रक्रियाबाट चीनसँग खरिद गरेको ३४१ टन स्वास्थ्य सामग्रीमध्ये ४७.५ टन जहाजबाट र अरु स्वास्थ्य सामग्री स्थलमार्गबाट ल्याउने योजना बनाएको थियो । यसअघि यही जेठ ६ गते १८.८४ टन स्वास्थ्य सामग्री जहाजबाट आइसकेको छ । सेनाले ६७ प्रकारका स्वास्थ्य सामग्री ल्याउने जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?