logo
२०८० चैत्र १५ बिहीवार



लकडाउनका बेला नदीमा माछा मार्नेको भिड

समाज |


लकडाउनका बेला नदीमा माछा मार्नेको भिड


चित्र मिजार

सिन्धुपाल्चोक, जेठ १२ गते । कोभिड १९ का कारण मुलुक लकडाउनमा छ । लकडाउनले सिन्धुपाल्चोक पनि ठप्प छ । तर इन्दावती गाउँपालिका वडा नं ११ मा पर्ने इन्द्रावती नदीमा भने लकडाउनका बेला खोलाभरि नै मान्छेहरु देखा पर्न थालेका छन् ।
नदीमा दिनहुँ माछा मार्ने र नुहाइधुवाइ गर्नेको लर्को नै लाग्दैआएको छ । काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकको सीमानामा पर्ने इन्द्रावती नदीमा माछा मार्ने र नुहाइधुवाइ गर्नेको भिड बढेपछि कोरोना सङ्क्रमण हुने अत्यधिक डर उत्पन्न भएको स्थानीय वीरबहादुर माझीले गुनासो गर्नुभयो ।
नदी नजिकै सीपाघाट प्रहरी चौकी रहेको छ । चौकीले नदीमा मान्छेको भिड लाग्दासमेत वास्ता नगरेको स्थानीयले जनाएका छन् । बिहानदेखि नै नदीमा मान्छेका भिड लाग्ने गरेको छ । साथै सुनकोशी नदी, ब्रम्हायणी नदी, भोटेकोशी नदीमा पनि मान्छेको भिड लाग्ने गरेकाे छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?