logo
२०८१ बैशाख ८ शनिवार



बाँझो जग्गामा खेती गर्नेलाई गाउँपालिकाले अनुदान दिने

समाज |


बाँझो जग्गामा खेती गर्नेलाई गाउँपालिकाले अनुदान दिने


स्याङ्जा, जेठ ६ गते । फेदीखोला गाउँपालिकाले बाँझो रहेको जग्गामा खेती गर्ने किसानलाई अनुदान दिने भएको छ । खेतीयोग्य जमीन बाँझो हुँदै गएपछि गाउँपालिकाले जग्गा बाँझै राख्ने प्रवृत्तिलाई निरुत्साहित गर्नुका साथै किसानलाई कृषि पेसाप्रति आकर्षित गर्ने उद्देश्यले यस्तो नीति लिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले खेतीयोग्य जमीन बाँझो हुनबाट रोक्नुका साथै पालिकालाई खाद्यान्नमा आत्मनिर्भर बनाउने योजनाका साथ किसानलाई अनुदान दिने निर्णय गरिएको बताउनुभयो । अध्यक्ष सुवेदीले भन्नुभयो, “गाउँघरमा खेतीयोग्य जमीन बाँझै छन्, युवाहरू रोजगारीको खोजीमा विदेशिएका छन् । यो परम्पराको अन्त्य गर्दै गाउँमै रोजगारीको सिर्जना गर्ने उद्देश्यले बाँझो जमीनमा खेती गर्ने किसानका लागि अनुदान दिने योजाना ल्याएका हाैँ ।”

आफ्नै जग्गामा धानखेती गर्ने किसानलाई दुई रोपनीको चार हजार रुपियाँ, आफ्नै जग्गामा कोदोखेती गर्नेलाई प्रतिरोपनी दुई हजार रुपियाँ र भाडामा लिएर धानखेती गर्नेलाई पाँच हजार रुपियाँ अनुदान दिइने छ । दलहन वा तरकारी खेती गर्नेलाई दुई हजार ५०० रुपियाँ अनुदानको रूपमा दिइने गाउँपालिकाले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?