logo
२०८० चैत्र १५ बिहीवार



चीनमा एक लाखभन्दा बढी व्यक्ति वातावरणीय अपराधमा दोषी ठहर

अन्तर्राष्ट्रिय |


चीनमा एक लाखभन्दा बढी व्यक्ति वातावरणीय अपराधमा दोषी ठहर


बेइजिङ, वैशाख २६ गते ।   
चिनियाँ अदालतहरूले २०१९ मा दर्ता भएका ३६ हजार ७३३ वातावरणीय अपराधका मुद्दाहरुको फैसला गरेको छ । फैसलामा मुद्दा प्रत्यक्ष वा अप्रत्यक्ष सम्लग्नता रहेका एक लाख १४ हजार ६३३ व्यक्तिलाई दोषी ठहर गरिएको सर्वोच्च जनअदालत (एसपीसी)द्वारा शुक्रबार सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । यो सङ्ख्या अघिल्लो वर्षको तुलनामा ४३.४ प्रतिशतले बढी हो ।    
गत वर्ष वातावरण अपराधसम्बन्धी ३९ हजार ९५७ मुद्दा दर्ता भएका थिए । यो सङ्ख्या अघिल्लो वर्षको तुलनामा ५०.९ प्रतिशतले बढी हो ।   देशभरका जनअदालतले तीमुद्दाको पहिलो सुनुवाईबाट नै फैसला सुनाएको हो । बाँकी अन्य मुद्दामा थप सुनुवाई आवश्यक रहेकाले तत्काल फैसला नगरिएको प्रतिवेदनमा उल्लेख छ ।    
वातावरणीय आपराधिक मुद्दालाई सुनुवाई गरेको यो जनअदालतले चौथो पटक हो । अदालतले भनेको छ कि प्रशासनले पर्यावरणीय वातावरणको समयमै पुनःस्थापनाको सुनिश्चितता गर्न विशेष रकमसहित आवश्यक अन्य व्यवस्थापन गर्नेछ । यसका लागि सम्बन्धित संयन्त्रमा सुधार गर्ने र पर्यावरणीय क्षेत्रको सुरक्षाका लागि प्रभावकारी काम गर्ने अदालतले बताएको छ । एसपीसीले एकै दिनमा वातावरणीय अपराधका ४० विशिष्ट आपराधिक मुद्दाहरूलाई जारी सार्वजनिक गरेको छ भने ती मुद्दा वातावरणीय प्रदूषण नियन्त्रण तथा अन्त्य, पर्यावरणीय संरक्षण साथै स्रोतहरूको विकास र उपयोगसहित प्रमुख पाँच वर्गमा समेटिएका बताइएको छ ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?