logo
२०८० चैत्र १५ बिहीवार



११ जना मुस्लिम धर्मगुरु क्वारेनटाइनमा

खुला |


११ जना मुस्लिम धर्मगुरु क्वारेनटाइनमा


शिवशंङ्कर मिश्र 
बारा, चैत २० गते । लकडाउनको समयमा भारत हुदै नेपाल प्रवेश गरेका ११ जना मुस्लिम धर्मगुरुहरुलाई पक्राउ गरि क्वारेन्टाईनमा राखिएको छ । भारतको बिभिन्न स्थानमा ४० दिनको जमात पुरागरी बारा र पर्साको ग्रामीण नाका हुँदै लकडाउनको समयमा नेपाल फर्किएका ११ जना मुस्लिम धर्मगुरुहरुलाई वीरगंजको सिद्धार्थ माध्यमिक बिद्यालयमा बनाइएको क्वारेन्टाईनमा राखिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक कृष्णा प्रसाद पगेनीले जानकारी दिनुभयो ।

सप्तरी जिल्लाको तिलाठी र कोइलाडी गाउपालिकाका मुस्लिम धर्मगुरुहरु भारतको दिल्लीमा भएको जामात सकेर विहिबार बिहान बाराको बिश्रामपुर गाउपालिकाको बलिरामपुर, बरैनिया र मुसहर्वा नाका हुँदै स्थानीय मस्जिदमा आएपछि उनीहरुलार्ए नियन्त्रणमा लिएर क्वारेन्टाईनमा राखिएको छ ।

यसरी भारतबाट नेपाल आएका मुस्लिम धर्मगुरुहरुमा कोराना भाईरस हुन सक्ने आशंकामा नियन्त्रणमा लिई बारा प्रहरीले नजिैकै रहेका वीरगंजको क्वारेन्टाईनको जिम्मा लगाईएको प्रहरी उपरीक्षक पगेनीले जानकारी दिनुभयो ।

खुल्ला सीमाको प्रयोगगरि खेतको बाटोहुँदै बाराको मुसहर्वा, बरैनिया र बलिरामपुर टोलको मस्जिदमा पुगेका मुस्लिम धर्मगुरुहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र तत्कालकालागी १४ दिन क्वारेन्टाईनमा राख्न जिल्ला प्रहरी कार्यालय बारा र नारायणी अस्पतालको समन्वयमा वीरगंज स्थित चिनी कारखाना भित्र रहेको सिद्धार्थ माध्यमिक बिद्यालयको कोठाको क्वारेन्टाईनमा पठाईएको बारा बिश्रामपुर गाउपालिकाका स्वास्थ्य शाखा प्रमुख अलिअकबर हुसेनले बताउनुभयो ।

मुस्लिम धर्मगुरुहरु भारतबाट खेतको बाटो हुँदै मस्जिदमा आएपछि स्थानीय बासिन्दाले हल्ला गरेको र गाउँपालिकाका अध्यक्ष अमिरीलाल पाल, उपाध्यक्ष सुमित्रा देवी साहको सहभागितामा स्वास्थ्य परिक्षणगरि क्वारेन्टाईनमा पठाईएको हुसेनले जानकारी दिनुभयो ।

यसरी बारा जिल्लाको १६ वटा स्थानीय तहमा २४ वटा क्वारेन्टाईन र २६ वटा आईसेलेशन वेड निर्माण गरिएको छ । हालसम्म २८ जना क्वारेन्टाईनमा बसेर ८ जना घर र्फिता गई सकेको तथा २० जना क्वारेन्टाईनमा स्वास्थ्य तथा प्रहरीको निगरानीमा राखिएको छ ।

कलैया अस्पतालमा ५, महागढीमाई नगरपालिकाको बबुआईनमा ६, कोल्हवी र सिम्रौनगढ नगरपालिकामा ३÷३, सुर्वण गाउँपालिकाको हर्दियामा २ र आर्दशकोतवाल गाउँपालिकाको बातरामा निर्माण गरिएको क्वारेन्टाईनमा २० रहेका जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक कञ्चनराज चलले बताउनुभयो ।

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?